आज :

अमेरिकाको भिसा आवेदन दिँदा अब नेपालीले पनि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने

  • अनलाइन डबली

काठमाडौं । संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यवसायिक प्रयोजनका लागि जारी हुने बी १÷बी २ भिसामा नयाँ ‘भिसा बन्ड’ व्यवस्था लागू गरेको छ । अमेरिकी विदेश मन्त्रालयले जनवरी मंगलबार जारी गरेको पछिल्लो अपडेट अनुसार यो व्यवस्था अमेरिकी आप्रवासन ऐनको धारा २२१(न) (३) तथा अस्थायी अन्तिम नियम अन्तर्गत पाइलट कार्यक्रमका रूपमा कार्यान्वयनमा ल्याइएको हो ।
नयाँ व्यवस्थाअनुसार तोकिएका देशका नागरिक वा राष्ट्रियताका व्यक्तिहरू, जो बी १÷बी२ भिसाका लागि अन्य सबै हिसाबले योग्य ठहरिन्छन, उनीहरूले ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर बराबरको धरौटी (बन्ड) राख्नुपर्नेछ । धरौटीको रकम भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अधिकृतले निर्धारण गर्नेछन् । भिसा बन्ड राख्नका लागि आवेदकले अमेरिकी गृह सुरक्षा विभागको फर्म समेत बुझाउनुपर्नेछ । साथै, आवेदकले अमेरिकी कोष विभागको अनलाइन भुक्तानी प्रणाली मार्फत बन्डको रकम तिर्न सहमति जनाउनुपर्ने व्यवस्था गरिएको छ । यो नियम भिसा आवेदन कहाँबाट दिइएको हो भन्ने कुरासँग असम्बन्धित रूपमा लागू हुने जनाइएको छ ।
अधिकारीहरूले भिसा बन्ड तिरेको आधारमा भिसा स्वीकृत हुन्छ भन्ने ग्यारेन्टी नहुने स्पष्ट गरेका छन् । कन्सुलर अधिकृतको निर्देशनबिना शुल्क तिरेको अवस्थामा उक्त रकम फिर्ता नहुने पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal