आज :

‘विशेष महाधिवेशनको तयारी तिब्र, निधिमाथिको दुव्र्यवहार कार्यकर्ताको भावना’

  • अनलाइन डबली

काठमाडौँ । नेपाल कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले तयारी तीव्र भइरहेको र प्रतिनिधिहरुलाई काठमाडौं आउनका लागि आब्हान गरेका छन् ।
विशेष महाधिवेशन पक्षधरले अनामनगरस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै सो बारे जानकारी दिएका हुन् । महाधिवेशनको लागि विभिन्न १८ वटा समिति बनाएको नेता सुवास पोखरेलले जानकारी दिए ।
उनले विशेष महाधिवेशनमा भाग लिनको लागि काठमाडौँ आउन महाधिवेशन प्रतिनिधिलाई आग्रह पनि गरे । महाधिवेशन भृकुटीमण्डपमा पुस २७ र २८ गते गर्नेगरी तयारी गरिएको उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले महाधिवेशनमा देशभरबाट उत्साहजनक उपस्थिति हुने दाबी गरे ।
‘हाल स्वसेवक परिचालन समितिदेखि मिडिया व्यवस्थापनको समितिको पनि व्यवस्था हुदैँछ । विशेष महाधिवेशन भनेको विधानको रक्षा गर्नको लागि हो । संविधानमा समस्या आयो भने जसरी राजनीतिक दलहरुले आफ्नो ठाँउबाट भूमिका खेल्नुपर्छ त्यसैगरि काङ्ग्रेसको विधानमा रहेको व्यवस्थामा टेकेर यो महाधिवेशनको माग हो र विधानको रक्षापनि हो,’ शिवाकोटीले भने ।
यता, मंगलबार नै पार्टी कार्यालयमा पूर्वउपसभापति विमलेन्द्र निधीमाथि भएको दुव्र्यवहार कार्यकर्ताको अन्तरआत्माको भावना भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । तर उक्त घटनाको जिम्मेवारी आफूहरुले नलिने पनि बताइयो ।
कार्यकर्ताहरुले कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन गएका नेता निधीलाई बाटो छेकेर दुव्र्यवहार गरेका थिए । तर नेता पोखरेलले उक्त घटना स्वतः स्फुर्त भएको र आफूहरुले त्यस्तो गतिविधि नगर्ने पनि दाबी गरे ।
तर उक्त घटनामा आफूहरुको संलग्नता नरहेको विशेष महाधिवशेन पक्षधरका नेताहरुको दाबी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal