आज :

काठ गोदाममा आगलागी : छिटो नियन्त्रणमा ल्याउँदा मानवीय क्षति भएन्

  • अनलाइन डबली

काठमाडौं । सिनामंगलको एक काठ गोदाममा आगलागी भएको छ ।
मंगलबार दिउसो काठ गोदाममा लागेको आगोले छेउछाउका घर र विद्यालयमा पनि असर पारेको छ । आगलागीपछि छेउछाउका घरमा पनि सल्किन थालेपछि नियन्त्रणका लागि दमकल परिचालन गरिएको थियो ।
सोही क्रममा एक प्रत्यक्षदर्शीले आगोले नजिकको स्कुल र घरमा प्रभाव पारेपनि मानविय क्षति केही नभएको भन्दै यसलाई सकारात्मक रुपमा नै लिनुपर्ने बताए ।
दमकलहरु पनि छिटै नै आएको कारण पनि आगो छिटो नियन्त्रणमा आएको पनि उनको भनाइ छ ।
उनले भने, ‘आगोले नजिकको स्कुल र घरमा पनि प्रभाव पारेको छ । तर मानविय क्षति भने केही भएको छैन् । म आइपुग्दा पूरै आगो लागिरहेको थियो, केही सामान भएपनि बचाउन सकिन्छ कि भने थोरै फर्निचरको सामानहरु सारेका छौं । कोही मान्छेलाई असर परेन । त्यही ठूलो कुरा हो । सम्पत्तिको क्षति भन्ने कुरा फेरि जोड्न सकिन्छ । दमकल पनि छिटै नै आएको कारण पनि छिटो आगो नियन्त्रणमा आएको हो ।’
गोदाममा भएको क्षति सार्वजनिक भइसकेको छैन् । प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal