आज :

रौतहटमा विद्युतीय गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • अनलाइन डबली

रौतहट । रौतहटको बौधीमाई नगरपालिका–१ भुवाली चोक नजिकै सोमबार बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
पिपरियाबाट अजगैबियतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ज ७६६ नम्बरको विद्युतीय गाडीले ’अनटेस्ट’ प्लेटिना मोटरसाइकललाई ठक्कर दिँदा बौधीमाई नगरपालिका–२ इनर्वा निवासी २३ वर्षीय दीपेन्द्र बैठाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सोमबार बिहान पौने ९ बजे दुर्घटना भएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका बैठालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। उपचारकै क्रममा बिहान सवा १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मृतकको शव अहिले सोही अस्पतालमा राखिएको छ ।
प्रहरीले दुर्घटनामा संलग्न गाडी चालक राजपुर नगरपालिका–५ का २५ वर्षीय उपेन्द्र साहलाई नियन्त्रणमा लिएको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कोप्वापिपरिया र जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक रुद्रराज कंडेलको नेतृत्वमा टोली खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal