आज :

भेनेजुएलाको राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सीलाई, को हुन् डेल्सी ?

  • अनलाइन डबली

काठमाडौं । भेनेजुएलाको सत्ताको बागडोर उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् । भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न डेल्सी रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिनु आवश्यक भएको जनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकाले शनिबार हमला गरेर राष्ट्रपति निकोलस मादुरोलाई गिरफ्तार गरेर न्यूयोर्क पुर्याएको छ । अमेरिकाले न्यूयोर्कको हिरासतमा राखेको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने बताएका थिए । ट्रम्पलाई काउन्टर दिँदै भेनेजुएलाकाको सर्वोच्च अदालतले डेल्सीलाई कार्यकारी राष्ट्रपतिको जिम्मा दिएको हो ।

भेनेजुएलाका पहिलो महिला राष्ट्रपति डेल्सी कम्युनिस्ट नेता जर्ज एन्टोनिया रोड्रिगेजकी छोरी हुन् । एन्टोनिया पूर्व गुरिल्ला कमाण्डर समेत हुन् । सन् १९७० को दशकमा उनले ‘लिगा सोशलिस्टा’ पार्टी स्थापना गरेका थिए ।

डेल्सीको जन्म १८ मे १९६९ मा काराकसमा भएको थियो । कानूनमा स्नातक गरेकी डेल्सी अधिवक्ता समेत हुन् ।

डेल्सी लामो समयदेखि मादुरो सरकारसँग नजिकको सहयोगी बनेर काम गरेको अनुभव छ । उनले ह्युगो चावेजको समर्थनमा पनि काम गरिसकेकी छन् ।

२०१३–२०१४ मा सञ्चार र सूचना मन्त्री, २०१४–२०१७ मा विदेश मन्त्री र २०१७ मा सरकारको समर्थक संविधान सभाको प्रमुखको रूपमा काम गरिसकेकी छिन् ।

२०१८ जुनमा उनलाई भेनेजुएलाको उपराष्ट्रपति नियुक्त गरिएको थियो र त्यसपछि उनी मुलुकको आर्थिक र राजनीतिक निर्णयहरूमा एक महत्वपूर्ण भूमिकामा छिन् ।

२०२४ अगस्टमा उनलाई तेल मन्त्रालयको अतिरिक्त जिम्मेवारी पनि दिइएको थियो, जसले अमेरिकी प्रतिबन्धहरूबीच भेनेजुएलाको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने अवसर प्रदान गरेको थियो ।

उपराष्ट्रपतिका रूपमा, रोड्रिगेजले विभिन्न मन्त्रालयहरू र आर्थिक नीतिहरू सम्हालेर देशको चरम महँगीको सामना गर्न प्रयास गरेकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal