काठमाडौं । जेनजी सुनिल सिंहले आफूहरुका मागलाई आलपत्रै छाडेर गरिने निर्वाचन हुन नदिने चेतावनी दिएका छन् । शनिबार राजधानीमा भएको कार्यक्रममा बोल्दै सिंहले विदेशीको इसारमा हुने कुनै पनि कार्य सह्य नहुने पनि जनाएका छन् ।
सरकारले जेन्जी आन्दोलनका मूल मागहरू सम्बोधन नगरी विदेशी शक्तिको दबाबमा चुनावको तयारी तब्र पारेको आरोपसमेत लगाएका छन् । आन्दोलनरत पक्षले वर्तमान राजनीतिक, आर्थिक र सामाजिक संकट समाधान नगरी गरिने चुनावले देशलाई झन् अस्थिरतातर्फ धकेल्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।


अनलाइन डबली


