आज :

प्रहरीलाई ठक्कर दिएर भारतीय नागरिक फरार

  • अनलाइन डबली

हेटौँडा । मदिरा सेवन (मापसे) गरी गाडी चलाइरहेका एक भारतीय नागरिकले ट्राफिक चेकजाँचका क्रममा प्रहरीलाई ठक्कर दिएर फरार भएका छन् ।
हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पर्ने राप्ती पुल नजिकै ट्राफिक प्रहरी कार्यालय अगाडि नियमित मापसे चेकजाँचका क्रममा सो घटना भएको हो । ट्राफिक प्रहरीले शंकास्पद भारतीय नम्बर प्लेटको कारलाई रोक्न संकेत गर्दा चालकले लेन मिच्दै तीव्र गतिमा गाडी चलाएर प्रहरीमाथि ठक्कर दिएका थिए ।
ठक्करबाट चेकजाँचमा खटिएका एक ट्राफिक प्रहरी गाडीको अगाडिको भागमा अड्किएर करिब १० मिटर जति घिसारिएका थिए। घटनामा गम्भीर घाइते भएका प्रहरीलाई तत्काल उपचारका लागि हेटौँडास्थित अस्पतालमा भर्ना गरिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार चालकले मदिरा सेवन गरेको अवस्थामा गाडी चलाइरहेको देखिएको थियो। घटना लगत्तै कार चालक गाडी सहित फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार फरार चालकको खोजी तीव्र पारिएको छ। भारतीय नम्बर प्लेटको उक्त कारको विवरणका आधारमा सीमावर्ती क्षेत्र तथा नाकाहरूमा समेत निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनालाई गम्भीर आपराधिक गतिविधिका रूपमा लिँदै चालकलाई नियन्त्रणमा लिएर कानुनी कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ। साथै, मापसे चेकजाँचमा खटिएका प्रहरीमाथि आक्रमण हुनु अत्यन्तै निन्दनीय र गम्भीर विषय भएको बताउँदै दोषीलाई कडा कारबाही गरिने चेतावनी दिएको छ ।
घटनापछि सो क्षेत्रमा केही समय यातायात अवरुद्ध भएको थियो भने थप सुरक्षाका लागि प्रहरी परिचालन गरिएको थियो।


प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal