आज :

ईपीएस प्रक्रियामा अन्याय भएको भन्दै विद्यार्थी द्वारा ईपीएस कोरिया शाखा अगाडि आन्दोलन

  • अनलाइन डबली

काठमाडौं । पीडित–केन्द्रित नीति लागूको माग गर्दै ईपीएस विद्यार्थीहरुले आन्दोलन गरेका छन् । बुधबार एउटै व्यक्तिलाई बारम्बार अवसर दिने प्रणाली अन्त्य गरी पीडित–केन्द्रित नीति लागू गर्न माग गर्दै ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखा अगाडि आन्दोलन गरेका हुन् ।
उनीहरुले इपीएस पास भइसकेका तर वर्षौंदेखि पर्खाइमा रहेका पीडितहरूको फाइल अनिवार्य रूपमा कम्तीमा १० पटकसम्म कम्पनीमा पठाइउनका लागि पनि माग गरेका छन् ।
लामो समय कुर्न बाध्य भएका पीडितहरूका लागि विशेष राहत तथा छुट व्यवस्था गर्नुपर्ने उनीहरुको भनाई छ ।
प्रक्रियामा ढिलाइ हुँदा पीडित परिवारले भोग्नुपरेको आर्थिक÷मानसिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने उनीहरुको माग छ ।
यस्तो छन् उनीहरुको माग
१. कृषि क्षेत्रमा सबैभन्दा बढी पीडित भएकाले प्राथमिकताका आधारमा छिटो मिति थप गरियोस् ।
२. कृषि, सिप÷सिबिटीमा अन्यायपूर्ण रूपमा हटाइएका सबै इपीएस कामदारहरूलाई पुनः समावेश गरियोस् ।
३. इपीएस पास भइसकेका तर वर्षौंदेखि पर्खाइमा रहेका पीडितहरूको फाइल अनिवार्य रूपमा कम्तीमा १० पटकसम्म कम्पनीमा पठाइयोस् ।
४. एउटै व्यक्तिलाई बारम्बार अवसर दिने प्रणाली अन्त्य गरी पीडित–केन्द्रित नीति लागू गरियोस् ।
५. लामो समय कुर्न बाध्य भएका पीडितहरूका लागि विशेष राहत तथा छुट व्यवस्था गरियोस् ।
६. नेपाल सरकार र सम्बन्धित निकायले पीडितहरूसँग प्रत्यक्ष संवाद सुरु गरोस् ।
७. अब उप्रान्त कुनै पनि सेक्टरमा भेदभावपूर्ण निर्णय नगर्न स्पष्ट कानुनी व्यवस्था गरियोस् ।
८. इपीएस प्रक्रिया ढिलाइ हुँदा पीडित परिवारले भोग्नुपरेको आर्थिक÷मानसिक क्षतिको जिम्मेवारी सरकारले लियोस् ।
९. रोस्टरमा भएका ९५% कोरिया पठाउने ब्यबस्था गरियोस।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal