आज :

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

  • अनलाइन डबली

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन–रुसबीचको शान्ति सम्झौतासम्बन्धी केही कागजातहरू ‘पूर्ण रूपमा तयार’भइसकेको बताएका छन् । उनले अमेरिकी विशेष दूतहरू स्टिभ विटकोफ र जारेड कुश्नरसँग भएको छलफलपछि संवेदनशील विषयहरूमा सहमति जुटाउन अझंै काम गर्नुपर्ने उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले भने,‘आज राष्ट्रपति ट्रम्पका दूतहरूसँग छलफल गरेका विषयहरूलाई व्यवस्थित गर्न सफल भयौँ भने यो निकै महत्वपूर्ण हुनेछ । मेरो बुझाइमा केही कागजातहरू लगभग तयार छन् र केही त पूर्ण रूपमा तयार भइसकेका छन् । यद्यपि, संवेदनशील विषयहरूमा अझै काम बाँकी छ । तर अमेरिकी टोलीसँग मिलेर हामी यसलाई कसरी अघि बढाउने भन्नेमा स्पष्ट छौँ । आउँदा हप्ताहरू गहन हुन सक्छन् ।’

उनले शान्ति प्रक्रियालाई अगाडि बढाउन अमेरिकी सहयोगप्रति आभार व्यक्त गर्दै ‘धन्यवाद, अमेरिका,’ भनेका छन् । यसअघि बिहीबार नै राष्ट्रपति जेलेन्स्कीले युक्रेनी प्रतिनिधिमण्डलसहित अमेरिकी विशेष दूत स्टिभ विटकोफ र जारेड कुश्नरसँग भेटवार्ता गरेका थिए ।

भेटपछि उनले दिगो शान्तिका लागि ‘राम्रा विचारहरू’ अघि आएको बताएका छन् । एक्समा लेख्दै उनले रचनात्मक दृष्टिकोण, निरन्तर प्रयास र युक्रेनी जनताप्रति व्यक्त गरिएको सद्भावनाका लागि अमेरिकी दूतहरूलाई धन्यवाद दिए ।

‘हामी युक्रेनविरुद्धको यो क्रूर रुसी युद्धको अन्त्य नजिक ल्याउन दिन–रात काम गरिरहेका छौँ,’ जेलेन्स्कीले लेखेका छन । ‘तयार पारिने सबै कागजात र चालिने कदमहरू व्यवहारिक, प्रभावकारी र विश्वसनीय हुनुपर्छ भन्नेमा हामी प्रतिबद्ध छौँ ।’

उनका अनुसार छलफलमा शान्ति प्रक्रियासँग जोडिएका महत्वपूर्ण विवरणहरूमा समेत कुराकानी भएको थियो । ‘वास्तविक सुरक्षा, पुनर्निर्माण र शान्ति हामी सबैका आवश्यकता हुन—युक्रेन, अमेरिका, युरोप र सहयोग गर्ने सबै साझेदारहरूको,’ उनले उल्लेख गरे ।

यसैबीच, क्रिसमसको अवसरमा युक्रेनी जनतालाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले शान्तिको कामना गरेका छन् । तर उनले पर्वको पूर्वसन्ध्यामा रुसले व्यापक आक्रमण गरेको भन्दै आलोचना पनि गरे । ‘हामी क्रिसमसको संगीत सुन्दा खुशी हुन्छौँ,’ उनले भने, ‘तर आकाशमा ड्रोन र मिसाइलको आवाज नसुन्दा झनै खुशी हुन्छौँ ।’ एएनआई

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal