आज :

महाधिवेशनको अन्योलबीच कांग्रेस कार्यसम्पादन समितिको बैठक आज

  • अनलाइन डबली

काठमाडौं । महाधिवेशनको विवाद फेरि चर्किँदै गएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्दैछ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता र आगामी अधिवेशन प्रक्रियाबारे बढ्दो अन्योलकाबीच बस्न लागेको बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

कार्यसम्पादन समितिको बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले अबको १६ दिनभित्र क्रियाशील सदस्यताको काम टुंग्याउनुपर्ने अवस्था आएको बताएका छन् ।

महामन्त्री शर्माले क्रियाशील सदस्यताको काम सकेर वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पूरा गरी सिधै केन्द्रीय महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेका छन् । महाधिवेशन केवल नेतृत्व चयनमा सीमित नभई पार्टी र देशलाई सकारात्मक सन्देश दिनुपर्ने उनको भनाइ छ ।

उनले हालको सुरक्षा र राजनीतिक परिस्थितिलाई उल्लेख गर्दै जेलबाट भागेका कैदी र लुटिएका हतियार फिर्ता नआएसम्म निर्वाचन सम्भव नहुने दाबी गरेका छन् । त्यसका लागि सरकारले वातावरण बनाउनुपर्ने र चुनाव फागुनभन्दा वैशाखमा गर्नु उपयुक्त हुने उनको सुझाव छ ।

यता पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्रका विषयलाई सार्वजनिक रूपमा अतिरञ्जित गर्नु उपयुक्त नहुने बताएका छन् । उनले पार्टीभित्रका असहमतिहरू बैठकमै छलफल गरेर समाधान खोजिनुपर्ने बताउँदै आएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बस्दै आएको छ । बुधबारदेखि सुरु भएको बैठकमा नेताहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ ।


प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal