आज :

बांगलादेशविरुद्ध साधुसन्तसहित हिन्दू समुदायको जनकपुरधाममा प्रदर्शन

  • अनलाइन डबली

जनकपुर । जनकपुरधामका साधुसन्तहरुको अगुवाईमा हिन्दू समुदायले बांगलादेश विरुद्ध विरोध र्याली निकालेको छ । बिहीबार जनकपुरधामका साधुसन्तहरुको अगुवाईमा विभिन्न हिन्दूवादी संघ संस्थाका सदस्यसहित जनकपुरधामका स्थानीय हिन्दू समुदायले विरोध र्याली निकालेको छ ।

बांगलादेशमा हिन्दू समुदायका युवा दिपु दासको निर्ममतापूर्वक हत्या गरिएको विरोधमा जनकपुरधाममा विरोध र्याली निकालिएको छ । र्यालीमा बांगलादेश सरकार मुर्दाबाद, हिन्दूलाई मार्न पाईँदैन, जाग हिन्दू जाग, हत्यारालाई फाँसी दे लगायतका नारा लगाउँदै जनकपुरधामको विभिन्न चोकहरुको हुँदै र्याली निकालिएको छ ।

जानकी मन्दिरबाट सुरु भएको विरोध र्याली जनकपुरधामस्थित राम मन्दिर प्राङ्गनमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै रामानन्दिय वैष्णव समाजका अध्यक्ष एवम जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले बांगलादेश सरकारलाई दिपु साहको हत्यामा संलग्नहरुलाई सजाय दिन नेपालबाट कुटनीतिक पहल गर्न दबाब सृजना गर्न आजको विरोध र्याली गरेको जानकारी दिए ।

दिपु दासलाई जिउँदै जलाइएको जस्तै, उनको हत्यामा संलग्न हत्याराहरुलाई दिपु दास सरह फाँसी दिई जलाउनु पर्ने अध्यक्ष दासले माग गरेका छन्।
केही दिन अघि बांगलादेशमा हिन्दू समुदायका युवा दिपु दासको निर्ममतापूर्वक कुटपिट गरी जिउँदै जलाइएको थियो । सोहीको विरोधमा नेपालका विभिन्न सहरहरुमा निरन्तर बांगलादेश विरुद्ध विरोध तथा प्रदर्शन हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सबै

काभ्रेपलाञ्चोक । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताएका छन् । आज काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले निर्वाचनका लागि सरकारले वातावरण बनाएको र राजनीतिक दलहरुपनि त्यसतर्फ होमिएको बताएका हुन् । निर्वाचनका विषयमा कुनै पनि किसिमको अन्योल नरहेको भन्दै सञ्चारमन्त्री खरेलले देशमा राजनीतिक स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागि समयमै निर्वाचन हुनु अत्यन्त आवश्यक रहेको उल्लेख गरे । निर्वाचन प्रक्रियाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले स्पष्ट पारे । सञ्चारमन्त्री खरेलले भने, ‘निर्वाचनको वातावरण बनाउन सरकारले मंगलबार र बुधबार नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीसँग उनीहरुकै कार्यालयमा पुगेर छलफल र अन्तरक्रिया गरिएको छ । राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसहितको बैठक पनि भएको छ । यसले निर्वाचनको वातावरण सुनिश्चित गरेको छ । दलहरु निर्वाचनका लागि तयार छन् । सरकारले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ ।’ पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले सङ्घ, प्रदेश र स्थानीत तहको समन्वय र सहकार्यलाई फराकिलो बनाएर विकास र समृद्धिको यात्रामा सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी, बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यसैबीच मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने खरेलथोक स्वारामा प्रत्येक वर्ष हुने कुलपूजा तथा विविध धार्मिक कार्यक्रमलाई सम्वोधन गरे । सो अवसरमा मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सरकारको विशेष ध्यान रहेको बताउँदै स्थानीय समुदायले खेलेको सक्रिय भूमिकाको प्रशंसा गरे । उनले यस्ता धार्मिक–सांस्कृतिक गतिविधिले सामाजिक एकता र मौलिक पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal