आज :

मुलुक बंगलादेश बन्ने हो कि भन्ने चिन्ता लागेको छ : प्रधानमन्त्री कार्की

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल बंगलादेश बन्ने हो कि भन्ने चिन्ता व्यक्त गरेकी छिन् । बाह्खरी कथा लेखन प्रतियोगिता २०८२ को विजेता घोषणा कार्यक्रममा बोल्दै उनले दल र जेनजीहरुकोबीचमा सरकार परेको भन्दै वर्तमान अन्तरिम सरकार अचानो जस्तो भएको बताइन् ।

प्रधानमन्त्री कार्कीले ३० जना जेनजीहरुमा एउटा यो गर भन्ने अर्कोले अर्को भन्ने गरेको भन्दै कतै मुलुक बंगलादेश बन्ने हो कि भन्ने चिन्ता व्यक्त गरिन्।

‘हामी त अहिले अचानो जस्तो पो भएछौं । राजनीति दलले पनि अहिले छाढ, भोली छाड भनेर गाली गर्छन् । जेनजीले पनि आजै छाड भोलि छाड वा पर्सी छाड भन्छन् । छाडौं भने के छाडौं । फेरी छाडेको भोलिपल्ट थुक्क पालो त दिएको थिए त तिमीहरुलाई, औकात त छाडेर हिड्ने न रहेछ, के गरेर हिड्यौ भन्ने होलान । पेण्डुलम जस्तो भयौं तर धैर्य भएर काम गरिरहेको छौं,’उनले भनिन्,‘निर्वाचन किन चाहियो भन्ने युवाको कुरा आएको छ, त्यो त संसारको नियम कानुन नै रहेछ । वैधानिकता र अवैधानिकताको कुराहरु रहेछन । यसरी नै यही सरकार चलिरह्यो भने तानासाह हुन्छ, कतै जाँदा सुख नहुने कथा हाम्रो छ ।’

सो अवसरमा उनले सरकारकै कथा लेख्न कथा लेखन प्रतियोगितामा सहभागी ३० जनालाई अनुरोध गरिन् । ‘एउटा यो गर भन्नुहुन्छ अर्कोले अर्को भन्नुहुन्छ । हामी मुलुक बंगलादेश नहोस् भन्नेमा छौं,’ उनको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले फेरी देशमा मारकाट भयो भने देश झन खतरामा जाने बताउँदै संसदमा छानिएर आउने सांसदहरु इमान्दार भएर मुलुकलाई हाँक्ने खालको हुनुपर्ने धाणा राखिन् । मुलुकलाई माया गर्ने युवा शक्ति देशको नेतृत्वमा आउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal