आज :

निर्वाचन आचारसंहिता–२०८२ सार्वजनिक, उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने

  • अनलाइन डबली

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह तथा सुझावका लागि सार्वजनिक गरेको छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जारी गरिएको मस्यौदामा आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति वा संस्थाको नाम सार्वजनिक गर्ने, साथै विद्युतीय माध्यम र सूचना प्रविधिको प्रयोगमार्फत अनुगमन र कारबाही गर्न सकिने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचन प्रक्रिया स्वतन्त्र, पारदर्शी, मितव्ययी र निष्पक्ष बनाउन आचारसंहिताको मस्यौदा तयार पारिएको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ अनुसार आयोगले आफ्नो अधिकार प्रयोग गर्दै सरोकारवालाबाट सुझाव संकलन गर्न मस्यौदा सार्वजनिक गरेको जनाएको छ ।

मस्यौदा आचारसंहितामा १० वटा परिच्छेद र पाँच वटा अनुसूची समेटिएका छन् । नयाँ आचारसंहिता लागू भएसँगै यसअघि कार्यान्वयनमा रहेको निर्वाचन आचारसंहिता–२०७९ स्वतः खारेज हुने आयोगले स्पष्ट पारेको छ ।

आचारसंहितामा राजनीतिक दल तथा उम्मेदवारले अनिवार्य रूपमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ । यसले निर्वाचनमा नीतिगत प्रतिस्पर्धा र मतदातालाई सूचित निर्णय लिन सहयोग पुग्ने आयोगको विश्वास छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal