आज :

वर्तमान सरकारको हस्तक्षेप र दवाब नहुँदा ४० वटा ठूला मुद्दा अदालत पुगे : मन्त्री खरेल

  • अनलाइन डबली

काठमाडौं । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले सरकारले भ्रष्टाचार नियन्त्रणमा काम गर्ने निकायहरुलाई कुनै दबाब र हस्तक्षेप नगर्दा १०० दिनमा ४० भन्दा बढि ठूला मुद्दाहरु अदालतमा पुगेको दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विगतमा राज्यबाट भ्रष्टाचार नियन्त्रणमा काम गर्ने निकायहरुलाई हस्तक्षेप,दबाब र प्रभाव हुँदा ठूला मुद्दाहरु अदालत पुग्न नसकेको धारणा राखे ।

उनले भने, ‘भ्रष्टाचार नियन्त्रणको कुरा गर्दा यो तीन महिनामा,१०० दिनमा ४० वटाभन्दा बढि ठूला–ठूला मुद्दाहरु अहिले अदालत पुगेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती मुद्दाहरूलाई अगाडि बढाएको छ । त्यसको मतलब सरकारको के उपलब्धी भयो भन्नुहोला विगतका दिनहरुमा राज्यका निकाय जसले भ्रष्टाचार नियन्त्रणको लागि काम गर्दथ्र्यो ती निकायहरुलाई विगतको दिनमा प्रभाव र दबाब हुन्थ्यो । हस्तक्षेप हुन्थ्यो तर अहिले यो सरकारले ति निकायहरुलाई कुनै पनि दबाब दिएको छैन ।’

त्यस्तै उनले सबै राजनीतिक दलले चुनावमा भाग लिन तयार भएको बताउँदै अब फागुन २१ को चुनावलाई लिएर कुनै दुविधा नरहेको बताए ।
‘चुनाव हुने कुरामा अब कुनै दुविधा रहेन । हामीले हिजो र आज मात्र मुलुकका प्रमुख राजनीतिक दलहरु सबैसँग वार्ता र छलफल उहाँहरुकै पार्टी कार्यालयमा गएर गरेका छौं । शिर्ष नेता र प्रधानमन्त्रीबीच राष्ट्रपतिको उपस्थितिमा उच्च स्तरिय वार्ता भएको छ र सबै राजनीतिक दलले चुनावमा भाग लिन्छौं भन्नु भएको छ’उनले भने ।

त्यस्तै मन्त्री खरेलले १० लाख भन्दा बढि नयाँ मतदाता बढेको जानकारी दिए । निर्वाचन आयोगले तिव्र गतिमा आफ्नो काम अगाडि बढाउनुकासाथै सुरक्षा निकाय पनि उच्च मनोबलकासाथ सुरक्षा दिने कुरामा एकीकृत सुरक्षा योजना कार्यान्वयन गर्दै अगाडि बढेको कारण निर्वाचन हुने निश्चित रहेको उनको भनाई छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal