आज :

सिद्धान्तहीन गठबन्धन गर्नेहरुकै कारण देशमा भ्रष्टाचार बढ्यो : सुवाल

  • अनलाइन डबली

काठमाडौं । नेपाल मज्दुर किसान पार्टीका नेता प्रेम सुवालले चुनाव जित्न र सरकारमा पुग्न सिद्धान्तहीन गठबन्धन गर्नेहरुकै कारण देशमा भ्रष्टाचार बढेको बताएका छन् ।
सोमबार भएको सर्वदलीय बैठकमा उनले सिद्धान्तहीन गठबन्धनले देशमा भ्रष्टाचार बढेको भन्दै पद नपाएसम्म इमानको कुरा गर्ने पाएपछि बेइमान गर्ने राजनीतिले जनतालाई धोका भएको बताए ।
उनले भने, ‘चुनाव जित्न र सरकारमा पुग्न सिद्धान्तहीन गठबन्धन गर्नेहरुकै कारण देशमा भ्रष्टाचार बढेको हो । पद नपाएसम्म इमानको कुरा गर्ने पाएपछि बेइमान गर्ने राजनीतिले देश र जनतालाई धोका भएको हो ।’
यस्तै, उनले धेरै पटक प्रधानमन्त्री र मन्त्री हँदैमा त्यो जनताको नहुने रहेछ भन्ने कुरा देखा परेको भन्दै यस विषयतर्फ सबै सचेत हुन आवश्यक रहेको बताए ।
उनले भने, ‘धेरै पटक प्रधानमन्त्री र मन्त्री हुँदैमा त्यो जनताको नहुने रहेछ भन्ने कुरा पनि देखा परेको छ । जस्तै राणा शासन त्यति लामो हुुँदा पनि जनताले रुचाएन नि । यसतर्फ सबै सचेत हुन आवश्यक छ । दलको नाम मात्र फरक छ तर सरकारमा गएर गर्ने काम एउटै छ । केही फरक छैन् ।’
भदौ २३ र २४ को घटनाले सरकारहरुले समयमा देश र जनताको समस्या समाधान गर्न नसकेको कुरा देखिएको भन्दै राजनीतिक दलको उद्देश्य देश र जनताको निःस्वार्थ सेवा हो र यो कुरा दलको विधानमा उल्लेख हुनुपर्ने पनि उनको भनाई छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal