आज :

भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु

  • अनलाइन डबली

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘११औँ नेपाल वुड इन्टेरनेशनल एक्स्पो तथा नेपाल फर्निचर एक्स्पो २०२५’ आज देखि सुरु भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको उक्त प्रदर्शनी पौष ६ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूसँग सम्बन्धित स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्राण्डहरूका १०० भन्दा बढी स्टलहरू रहेका छन् ।

फर्निचर, प्लाइउड तथा काठ औजार उत्पादक कम्पनीहरू, ल्यामिनेट तथा विभिन्न कम्पनीका डिलर, सब–डिलर र विक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादन र नवीन प्रविधिबारे जानकारी गराउने उद्देश्यले विगत १० वर्षदेखि यो प्रदर्शनी महत्वपूर्ण प्लेटफर्मको रूपमा स्थापित हुँदै आएको आयोजकले जनाएको छ ।

यस ११ औँ संस्करणको प्रदर्शनीमार्फत विश्वभर ख्यातिप्राप्त कम्पनी तथा ब्राण्डका अत्याधुनिक प्रविधि र सामग्रीलाई नेपाली बजार तथा स्वदेशी उद्योगमा प्रयोगमा ल्याउने पहल गरिएको छ । यसले साना देखि ठूला उद्योगसम्मलाई प्रयोग भइरहेका मेसिनरी तथा प्रविधिको स्तरोन्नति गरी उत्पादनलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रदर्शनीमा नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाइउड उत्पादक संघ तथा इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल सहयोगी संस्थाको रूपमा रहेका छन् ।

इन्टेरियर डिजाइनर एसोसिएसन नेपालका विज्ञहरूद्वारा नवीनतम प्रविधि, इन्टेरियर डिजाइन, फर्निचरलगायत विविध विषयमा आधारित दुई दिने सेमिनार तथा गोष्ठी कार्यक्रमसमेत आयोजना गरिनेछ ।

यस प्रदर्शनीले नेपालमा काठ, फर्निचर तथा इन्टेरियर क्षेत्रको विकास र आधुनिकीकरणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ । प्रदर्शनीमा घर निर्माण गर्न चाहने सर्वसाधारणदेखि दिग्गज आर्किटेक्ट, इन्जिनियर तथा इन्टेरियर डिजाइनरहरूको उल्लेखनीय सहभागिता रहनेछ ।

नयाँ प्रविधिका सामग्री भित्र्याउने र विदेशमा सफलतापूर्वक प्रयोग भएका प्रविधिलाई नेपाली बजारमा सहज उपलब्ध गराउने माध्यमको रूपमा यो प्रदर्शनी महत्वपूर्ण हुने आयोजकको दाबी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal