आज :

सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा

  • अनलाइन डबली

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती भएको बताएका छन् । सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारसम्बन्धी नीतिगत छलफल कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले सार्वजनिक खर्चको उपयोगिता र सेवाको गुणस्तर नागरिकको दैनिकी, राज्यप्रतिको विश्वास र लोकतन्त्रको प्रभावकारितासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरे ।

उनले राज्यले नागरिकबाट संकलन गरेको कर, शुल्क तथा अन्तर्राष्ट्रिय सहायता मार्फत प्राप्त स्रोतलाई शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सेवामा लगानी गर्ने गरेको बताए ।

उनले भने, ‘सार्वजनिक खर्चको उपयोगिता र सेवा सुधारको विषय पनि आजका दिन उत्तिकै महत्वपूर्ण छ । यो विषय नागरिकको दैनिकी, राज्यप्रतिको विश्वास, लोकतन्त्रको प्रभावकारितासँग पनि प्रत्यक्ष जोडिएको छ । राज्यले नागरिकबाट संकलन गरेको कर, शुल्क र अन्तर्राष्ट्रिय सहायता मार्फत संकलन गरेको स्रोत सार्वजनिक खर्चमा शिक्षा, स्वास्थ्य, पूर्वाधार सामाजिक सुरक्षा र प्रशासनिक सेवामा लगानी गर्दछ ।’

मन्त्री सिन्हाले नागरिकको मुख्य प्रश्न सार्वजनिक खर्चबाट प्राप्त सेवाको गुणस्तर हो भन्नेमा जोड दिए । ‘नागरिकले सोध्ने प्रश्न के हो भने, हामीले गरेको सार्वजनिक खर्चबाट नागरिकले अनुभूति गर्ने गुणस्तरीय सेवा प्राप्त भइरहेको छ कि छैन ?’ उनले भने ।

उनले शिक्षाको गुणस्तरमाथि अझै पनि प्रश्न उठिरहेको उल्लेख गर्दै अस्पताल भए पनि सेवामा पहुँच र प्रभावकारिता पर्याप्त छ कि छैन भन्ने विषय चुनौतीकै रूपमा रहेको बताए । सार्वजनिक खर्चलाई नतिजामुखी बनाउँदै सेवा प्रवाह सुधार गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal