आज :

जब्दीघाटमा नयाँ पुल छिट्टै बन्छ : मन्त्री घिसिङ

  • अनलाइन डबली

बर्दिया । उर्जा, जलस्रोत तथा सिचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बर्दियाको जब्दीघाट पुल अनुगमन गर्दै तत्कालै नयाँ पुल निर्माण प्रक्रिया सुरु गरिएको बताए ।

उनले आफू मन्त्री हुनसाथ पुल निर्माणका लागि बहुवर्षे स्रोत सहमति गर्नका लागि मन्त्रालयले निर्णय गरेर योजना आयोग र अर्थ मन्त्रालयमा पठाएको बताए । अर्थ मन्त्रालयमा बहुवर्षे ठेक्काको स्रोत सहमतिका लागि कार्यविधि बनाउनु पर्नेमा क्याविनेटले कार्यविधि पास गरीसकेको बताए । उनले पुरानो पुल प्राविधिक समस्याले गर्दा कानुनी झमेलामा फसेकोले नयाँ पुल निर्माणको प्रक्रिया थालिएको बताए ।

मन्त्री समक्ष आफ्ना कुरा राख्दै बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारूले धेरै मन्त्रीहरू आएर जब्दीघाटको पुल अनुगमन गरेपनि बजेट विनियोजन गरेपनि कार्यन्वयन हुन नसकेको बताए । सरकारले अघिल्लो आर्थिक बर्ष देखि बजेट विनियोजन गरेपनि बर्दियाको जब्दीघाटको पुल निर्माण प्रक्रिया अझै सुरु भएको छैन । पुल निर्माणका लागि चालु आर्थिक बर्षमा ११ करोड रकम विनियोजन गरेको छ । पुलको लागत एक अर्ब १ करोड २९ लाख लाग्ने अनुमान गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नरेन्द्र भट्टले बताए ।

पप्पु कन्ट्रक्सनले निर्माणको जिम्मा लिएर निर्माण भई हस्तान्तरण नहुँदै वि.स. २०७४ सालको बाढीले बबई नदिको जब्दीघाटको पुल भासिएपछि स्थानीयवासीको खुसी निराशामा परिणत भएको थियो । भासिएपनि जोखिम मोलेर साना सवारी साधन र मानिसहरू यात्रा गरिरहेका थिए तर २०७९ सालको बाढीले पुललाई पुर्णरुपमा बगाएपछि स्थानीयवासीहरू डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । मन्त्री घिसिङले बर्दियामा कर्णाली नदी तटबन्ध, सिचाई, पूल लगाएतका विभिन्न स्थानको अनुगमन गरेका थिए । त्यसैगरी बर्दियाका दौलतपुर र कैलालीको टिकापुर जोड्ने झोलुङ्गे पुल सिलन्यास गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal