नकपुर । भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले आईटी र स्र्टाटअपको क्षेत्रमा नेपाल र भारतले एक अर्कासंग समन्वय गरेर अगाडी बढ्नुपर्ने धारणा राखेका छन् ।

भारत र नेपालका लागि संयुक्त रुपमा काम गर्दै आएका विभिन्न संस्थाहरुको संयुक्त आयोजनामा जनकपुरधाममा मंगलबार भएको प्रविधि र स्टार्टअपमा नेपाल भारतबीच साझेदारी सम्बन्धी राउण्ड टेबुल छलफल कार्यक्रममा महावाणिज्यदूत मीनाले नेपाल र भारतबीच प्रविधि र रोजगारका अवसरहरुका बारेमा आफ्नो धारणा व्यक्त गरेका छन् ।
नेबर फस्ट निति अन्तर्गत भारतले नेपालसंग प्रविधिको विकास र नयाँ रोजगार सृजनाका लागि स्टार्टअपहरुमा लगानी गर्न सहयोग गर्ने जानकारी दिए । उनले भारत विश्वमै स्टार्टअपका लागि तेस्रो नम्बरमा रहेको जानकारी दिए । उनले नयाँ कम्पनिको सुरुवात मात्र नभएर दुबै देशको साझेदारीले लाखौं मानिसले रोजगारी पाउने बताए ।
दुवै देशले सहकार्य गर्न सके नेपालमा आर्थिक क्रान्ति नै आउन सक्ने धारणा राखे । छलफलमा विभिन्न बैंक तथा वित्तिय संस्थाका पदाधिारी एवम उद्योग र व्यापारसंग सम्बन्धित संघ संस्थाका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।


अनलाइन डबली


