आज :

आज सफला एकादशी वर्त, यस्ता छन् धार्मिक महत्व

  • अनलाइन डबली

काठमाडौं । पौष महिनाको कृष्ण पक्षको एकादशीलाई सफला एकादशी भनिन्छ । यस दिन भगवान नारायणको विधिपुर्वक पूजा तथा आराधना गरिन्छ ।

सफला एकादशी व्रतको फल ठूला यज्ञ तथा महायज्ञ भन्दा धेरै हुने धार्मिक तथा शास्त्रीय विश्वास रहेको छ । यो एकादशीको व्रत सम्पादन गर्नाले कार्यक्षमतामा अभिवृद्धि हुन्छ, मानसिक सामथ्र्य र शक्ति बढ्छ, आयुवृद्धि हुन्छ र आत्मिक उन्नतिमा शीघ्रता हुन्छ भन्ने मान्यता पनि रहि आएको छ ।
पद्य पुराण अनुसार सफला एकादशीको अनुकम्पा सयौ महायज्ञ भन्दा धेरै हुन्छ । सफला एकादशीको व्रत लिदा पापबाट मुक्त हुने र कल्याण मिल्ने मान्यता रहेको छ । सफला एकादशीको दिन भगवान विष्णुको भक्तिभावका साथ पूजा गरिन्छ । वेद तथा पुराणमा उल्लेख भएका मन्त्रद्धारा देवदेवेश्वर हरि विष्णुको पूजा आराधना गरिन्छ भने रात्रीमा जाग्राम बसिन्छ ।
सफला एकादशीका दिन गुरु तथा ब्राम्हणहरुलाई दियो दान गर्नु राम्रो मानिन्छ । अरु एकादशीमा जस्तै यो एकादशीमा पनि शात्विक आहार व्यवहार गरि व्रत बस्नु पर्दछ । आजको दिन बिहानै स्नान गरि शुद्ध भई श्रीखण्ड चन्दन लगाई भगवान बिष्णुलाई कमल अथवा बैजयन्ती फूल, गंगाजल, पञ्चामृत, धूपदीप, नैवेद्ध चढाएर पूजा गर्नु पर्दछ ।
भोलीपल्ट अर्थात द्वादशीका दिन बिहानै ब्राम्हण तथा गुरुलाई भोजन गराएर दक्षिणा दिईसकेपछि मात्रै व्रतालुले भोजन गर्नु पर्दछ । एकादशीको व्रत लिन चाहने नरनारीले दशमीका दिनदेखि माछा,मासु, लसुन, प्याज, मुसुरो आदि अखाद्य वस्तु सेवन गर्नु हुँदैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal