आज :

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे..

  • अनलाइन डबली

मुगु । मुगु जिल्ला सोरु गाउँपालिका वडा नम्बर २ जवलधाराका ९८ बर्षिय नन्द बहादुर शाहीले कर्णाली करिडोर अन्तर्गत हुम्ला–मुगु जोड्ने पीपलमोडामा निर्माण भएको बेलिब्रिज पुलको बिच भागमा ढोगेर पुलको यात्रा गरेको छन् । पुल माथि गाडी गुडेको दृश्यले शाही पुलको बीच भागमा उभिएर श्रद्धाले ढोग गर्दै पुल नबन्दा पाएका दुःख सम्झेर आँखाभरी आँशु रसाएका थिए ।

‘नदीमाथि गाडी गुडेको देख्ने इच्छा धेरै थियो, बल्ल पूरा भयो बिगतमा आफ्ना पुस्ताहरुले तुइन तर्दा ज्यान गुमाएको, टाढाको बोटो हिडेका पीडा पछिल्ला सन्ततीहरुलाई सहज भएको छ,’ उनले भने । सोरु–२ का नन्दबहादुर शाही मात्र होइन यही सोही पालिकाका जवलधारा, नाथर्पु, भुईमेला, धताडी, धुपी, सोरुकोटलगायतका बस्तीहरुका नागरिकहरुलाई पुल बन्दा सहज भएको छ ।

२०३३ सालअघि सम्म यस स्थानमा मानिसहरू बाबियोको लठ्ठाको सहाराले नदी वारपार गर्थे । ०३३ सालमा झोलुंगे पुल बनेपछि केही सहजता त भयो तर जोखिम टरेको थिएन । नन्दबहादुरका अनुसार, उनीसहित अन्य घर परिवारको जग्गा हुम्लाको तुम्च भन्ने स्थानमा थियो । त्यहाँँ पुग्न हुम्ला कर्णाली पार गर्नुपर्दथ्यो । वर्षायाममा नदी उर्लिंदा मान्छेको मन पनि उर्लिंन्थ्यो गने गरेको थियो ।

आज त्यही नदीमाथि बेलिब्रिज बनेर मान्छेलगायत गाडी आफ्नै घर आँगनसम्म पुग्न थालेपछि पुल उनका लागि भौतिक संरचना मात्र होइन–आफ्नो पुस्ताले भोगेको पीडाको अन्त्य पनि भएको बताउँछन् । ‘म बाँचुञ्जेल यस्तो दृश्य देख्न पाइँदैन कि भन्ने डर थियो,’ उनी भन्छन्, ‘तर आज आफ्नै आँखाले सपना पूरा भएको देखेँ ।’ हुम्ला र मुगु जोड्ने यो बेलिब्रिजले केवल दूरी घटाएको छैन मान्छेको जीवनको आयु समेत बढाएको बताउँछन् ।

अधिकांशले कर्णाली करिडोर प्रयोग गर्न थालेका छन् । यसको प्रत्यक्ष प्रभाव स्थानीय अर्थतन्त्रमा देखिएको छ । पुल निर्माणपछिको एक वर्षमै स्थानीय व्यापारीहरूले कृषकका घरमै पुगेर ६५ मेट्रिक टन रैथाने अन्नबाली खरिद गरी अन्यत्र ढुवानी गरेका छन् । यसले कृषकलाई रैथाने बालिको खेती र संरक्षणतर्फ थप प्रेरित गरेको स्थानीय बताउँछन् ।

पहिले बिरामी परे सदरमुकाम गमगढी पुग्नैपर्दथ्यो । जिल्ला अस्पतालमा उपचार सम्भव नभए रारा विमानस्थल हुँदै नेपालगन्ज वा काठमाडौंं जानुपर्ने थियो । जहाज कुर्दाकुर्दै धेरैले ज्यान गुमाएका पीडादायी घटना पनि कम छैनन् । अहिले भने एम्बुलेन्स र जिप मार्फत एक दिनमै सुर्खेत वा नेपालगन्ज पुग्न सकिने भएको छ ।

‘हामीले पाएका दुःख सुनाउने हो भने अहिलेको पुस्ताले पत्याउँदैन, सोही वडाका नन्द बहादुर शाहीले । पुललाई ढोग्नुको कारण हाम्रो पुस्ताले भोगेको पीडालाई बिर्साउने विकासप्रति सम्मान गर्नु पनि रहेको बताए । ३ करोड ३७ लाख ९४ हजार ४ सय ३७ रुपैयाँ लागतमा निर्माण गरिएको ४८ मिटर लामो यो बेलिब्रिजले सोरु गाउँपालिकालाई कर्णाली करिडोरसँग जोडेको छ । यससँगै यातायात, स्वास्थ्य, व्यापार कृषिमात्र नभै सोरुगाँउपालिकाको जिबन सुधार सहजताको लागी यो पालिकाको ठूलो उपलब्धी रहेको सोरुगाँउपालिकाका अध्क्षय धर्म बहादुर शाहीले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal