काठमाडौँ, मङ्सिर २८ गते । नेपाल कुष्ठरोग निवारण सङ्घको ५३औँ केन्द्रीय सभा सम्पन्न भएको छ ।
सङ्घका अध्यक्ष डा. रामकुमार श्रेष्ठको सभापतित्वमा आयोजित सभामा खोकना आरोग्य आश्रमका ज्येष्ठ नागरिकहरु ९३ वर्षिय काइली मिजार ८३ वर्षिय बलराम खत्री र सावित्री क्षेत्रीलाई रोग प्रभावित भएर पनि उपचार गरी सक्रिय प्रेरणादायी जीवन बाँच्नुभएकोमा जनही नगद पाँचहजारसहित सम्मान गरिएको हो ।
शताब्दी पुरुष डा.गौरीशङ्कर लाल दासले उहाँहरुलाई सम्मान गर्दै कुष्ठ रोग लागेमा समयमै उपचार गर्न सके रोग निको हुने र रोग लागेपछि नलुकाई उपचार खोज्दा स्वस्थ जीवन बाँच्न सकिने प्रेरणाको स्रोत सम्मानित जेष्ठ नागरिकहरु बन्न सफल भएको बताउनुभयो ।
उहाँले कुष्ठरोगको समयमै उपचार गरे अपाङ्गता हुनबाट बच्न सकिने र समाजमा कुष्ठरोग लुकाउने र समयमा उपचार नगर्ने समस्या हटाउन नागरिक समाज र राज्यको दायित्व अझै धेरै रहेको उल्लेख गर्नुभयो । बताउनुभयो ।
सो अवसरमा सङ्घका महासचिव विष्णुलाल श्रेष्ठले २०८१÷०८२ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
सङ्घको विविध प्रगति विवरणमा हाल फर्पिङस्थित नेपाल कार्ल गेरोल्ड बाल निकेतन छात्रावासमा कुष्ठरोग प्रभावितका ५८ जना बालबालिका २८ छात्र र ३० छात्रालाई आवास, शिक्षा र अन्य सुविधा प्रदान गरिएको उल्लेख छ ।
त्यसैगरी गत वर्षको एसईईमा ६ जनामध्ये ४ ले बी ग्रेड र २ ले सी ग्रेड प्राप्त गरेका थिए । हालसम्म ७५५ विद्यार्थीले संघको सहयोगमा विद्यालयस्तरको शिक्षा पूरा गरेका छन् । साथै उच्च शिक्षा छात्रवृत्ति पनि दिइरहेको छ । नर्सिङ, आईटी, मेडिकल ल्याब, कम्प्युटर इन्जिनियरिङलगायत विषयमा २६ जनालाई छात्रवृत्ति प्रदान गरेको छ । यसमार्फत हालसम्म १८९ जना लाभान्वित भएका छन् । सामुदायिक विद्यालयमा कुष्ठ प्रभावित तथा द्वन्द्वपीडितका ५८ बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको छ ।
महासचिव श्रेष्ठले सङ्घले सञ्चालन गरेको खोकना आरोग्य आश्रममा १३३ जना र पोखरा आश्रममा १३ जना कुष्ठ प्रभावितलाई खाद्यान्न, लत्ताकपडालगायत सुविधा प्रदान गर्दै आएको र ६७ जनाले जीवन निर्वाह भत्ता पाइरहेको जानकारी दिनुभयो ।
सङ्घले कुष्ठ प्रभावितहरुको लागि सामाजिक पुनस्र्थापना अन्तरगत १८० घर निर्माण गरी २५८ परिवारका ७०० जनालाई पुनस्थापनाको सुविधा पनि प्रदान गरेको छ ।
सरकारी तथ्याङ्क उल्लेख गर्दै तराई र पहाडका १८ जिल्लामा कुष्ठरोगको प्रकोप बढी रहेको र वार्षिक करिब ३ हजार नयाँ बिरामी फेला पर्ने बताइएको छ ।
सो अवसरमा सङ्घका नेपालगन्ज शाखाका सभापति जि.राज शाक्य, पोखरा शाखाका सभापति सुवास तझ्या, धनगढी शाखाका सभापति सीताराम जैसीललगायतले शाखाका गतिविधीबारे चर्चा गर्नुभयो ।
सभामा सहभागीहरु विज्ञ, उपचारमा संलग्न व्यक्तित्वहरुले उपचार गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुने रोग भए पनि समाजमा यस्तो रोग लागेका व्यक्तिहरुलाई भेदभाव गर्ने प्रवृत्तिले रोग लुकाउने अवस्था रहेको बारे छलफल गर्दै यसप्रति अझै सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।
सङ्घका चार शाखाहरुमार्फत कुष्ठ रोग प्रभावितका लागि उपचार, छात्रवृत्ति, आवाससहित शिक्षा, पुनस्र्थापना र जनचेतना फैलाउदै कुष्ठरोग निवारणमा योगदान पु¥याईरहेको छ ।


अनलाइन डबली



