आज :

चलचित्र विधेयक, २०८१ माथि पूनः छलफल

  • अनलाइन डबली

काठमाडौं । चलचित्र विधेयक, २०८१ माथि पूनः छलफल गरिएको छ । सोमबार सिंहदरवारस्थित समितिको बैठक कक्षमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितीमा विधेयकमाथि छलफल भएको हो ।

उक्त बैटकमा सरोकारवालाले दुई पटक सुझाव दिएपनि समिति भित्र छलफल भइसकेको र सुझाव लिइसकिएको अवस्थामा केही संगठनले फेरि र्फिता लिनुपर्छ भनी माग गर्दा प्रश्न उठेको छ । समितिमा पनि सुझाव बुझाइएपछि, ‘किन चार दिनमै फेरि र्फिता मागियो भन्दै सञ्चारमन्त्री जगदीश खरेलको प्रश्न उठाएका छन् ।

‘सरोकारवालाले यहाँहरुलाई आएर दुई पटक सुझाव दिइसकेछन् । अनी फेरी र्फिता लिनुपर्यो भनेर म कहाँ किन आएको ? मैले जवाफ पाउन सकेको छैन । समिति समक्ष उहाँहरुले छलफल गरिसक्नु भएको छ, सुझाव दिनुभएको छ, समितिले पनि राखेको छ । मसँग आएको चार दिन पनि भएको छैन फेरी आठ,नौ वटा यीनै संगठन आएर यो त र्फिता लिइदिनुपर्छ भन्नुभयो,’ उनले थप भने, ‘फेरी र्फिता गरिदिन पर्यो भनेर समितिमा पनि बुझाउनु भयो किन बुझाएको के चित्त बुझेन भन्ने मात्र हो । छलफल भईरहेको, उहाँहरुको सुझाव पनि लिएको चारै दिन र्फिता लिन किन आको ?’

उनले समिति, सरकार र सरोकारवालाबीच त्रिपक्षीय संवाद गर्नुपर्ने बताए ।  ‘समिति र सरकार बस्यो, समिति र सरोकारवाला पनि बस्यो अनि र्फिता गर भनि सरोकारवाला आउछ, यो फेरी अघिल्लो सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको पालाको हो फेरी यसको मस्योदा तयार गर्दा पनि म छैन त्यसकार म आफै नयाँ छु । ५६ वर्षपछि विधेयकका छलफल सुरु भएको छ । म व्यक्तिगतरुपमा यो विधेयकलाई र्फिता लगेर फेरी प्रक्रिया सुरु गराउने पक्षमा म छैन । त्यसैले त्रिपक्षीय छलफल गर्रौ,’ उनले भने ।

उनले चलचित्र क्षेत्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्र्तगत पर्ने भन्दै सञ्चार मन्त्रालय अन्र्तगत नै पर्ने बताए । उनले सञ्चार मन्त्रालय नराखे भद्रगोल हुने भन्दै अन्य मन्त्रालयमा लैजान नवहकिन आग्रह गरे ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal