आज :

तीन नयाँ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

  • अनलाइन डबली

काठमाडौं । सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला, मिडिल लिखु र छोमरोङ खोला जलविद्युत् आयोजनालाई आधिकारिक उत्पादन अनुमति जारी गरेको हो ।

४५ मेगावाट क्षमताको चुम्चेत स्यार खोला जलविद्युत् आयोजना चिलिमे जलविद्युत् कम्पनीले गोरखाको चुम्चेत क्षेत्र बुढीगण्डकी नदीमा निर्माण गर्नेछ । नदी प्रवाही प्रकृतिको यस आयोजनाबाट वार्षिक करिब ३४८ गिगावाट–घण्टा ऊर्जा उत्पादन हुने अनुमान छ । उत्पादित विद्युत् ११० किमी लामो २२० केभी प्रसारण लाइनमार्फत न्यू बुढीगण्डकी प्रोक सबस्टेसनमा जोडिनेछ ।

रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी आयोजना पूरा भइसकेकाले चिलिमे कम्पनीका लागि स्यार खोला अर्को महत्त्वपूर्ण परियोजनाका रूपमा रहेको विभागले बताएको छ ।

यस्तै, विभागले ८.६० मेगावाट क्षमताको मिडिल लिखु जलविद्युत् आयोजना (रामेछाप, साँघुटार) र ४.८९ मेगावाट क्षमताको छोमरोङ खोला जलविद्युत् आयोजना (घान्द्रुक) लाई पनि उत्पादन अनुमति प्रदान गरेको छ ।

विभागका अनुसार हालसम्म कुल २६३ जलविद्युत् परियोजनाले उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेका छन्, जसको संयुक्त क्षमता ११ हजार ९७ मेगावाट पुगेको छ । चालू आर्थिक वर्षमा मात्र १३ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति दिइएको उल्लेख छ ।

यस्तै, हालसम्म १९३ आयोजनाले सर्वेक्षण अनुमतिका लागि विभागमा आवेदन दिएका छन् । चालू आर्थिक वर्षमा मात्रै ४२ नयाँ आवेदन परेको विभागले जनाएको छ । ती प्रस्तावित आयोजनाहरूको संयुक्त क्षमता करिब ९ हजार ६८९ मेगावाट रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal