आज :

विद्युत नियमन आयोगलाई साफिर सदस्यता दिने सरकारको निर्णय

  • अनलाइन डबली

काठमाडौं । सरकारले विद्युत नियमन आयोगलाई साउथ एसिया फोरम फर इन्फ्रास्टक्चर रेगुलेशन (साफिर) अर्थात् दक्षिण एसियाली पूर्वाधार नियमन मञ्चको सदस्यता प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई साफिरको सदस्यताका लागि अनुमति प्रदान गरेको हो । आयोग विगत केही वर्षदेखि सदस्यता प्राप्त गर्ने प्रक्रियामा सक्रिय रूपमा संलग्न हुँदै आएको थियो ।

आयोगका अनुसार क्षेत्रीय तथा अन्तरराष्ट्रिय नियामक संस्थाहरूसँग अनुभव साटासाट गर्न, उत्कृष्ट अभ्यास अपनाउन तथा नियामकीय सीप र क्षमता विकास गर्न साफिरको सदस्यता अत्यन्त उपयोगी हुने अपेक्षा गरिएको छ ।

सदस्यता प्राप्त भएपछि आयोग तथा नेपाल सरकार दुवैले विविध लाभ उठाउन सक्नेछन् । विद्युत क्षेत्रको सुधारका लागि आवश्यक नियामकीय अभ्यासबारे जानकारी हासिल गर्न, अन्य देशका नियामक निकायहरूसँग ज्ञान÷अनुभव साटासाट गर्न, ऊर्जा सम्बन्धी अनुसन्धानलाई प्रोत्साहन गर्न र प्राविधिक तथा संस्थागत क्षमता विकासमार्फत मानव स्रोत सुदृढ बनाउन योगदान पुग्ने विश्वास सरकार राखेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal