आज :

सिरहामा ’लैंगिक हिंसाविरुद्धको १६ दिवसीय अभियान’ सुरु, हिंसा अन्त्यका लागि सबैको ऐक्यबद्धता आवश्यक

  • अनलाइन डबली

सिराहा । लैंगिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ आजबाट सिराहा जिल्लाभर ‘लैंगिक हिंसाविरुद्धको १६ दिवसीय अभियान’ सुरु भएको छ ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० (मानव अधिकार दिवस)सम्म मनाइने यो अभियानको पहिलो दिन सिराहामा विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरि मनाइएको हो ।
सिरहाको सदरमुकाम सिरहामा आयोजित र्यालीमा नगरपालिकाका नगरप्रमुख डा नबिन कुमार यादव, उपप्रमुख बबिता साह, सिरहाका प्रमुख जिल्ला अधिकारी, पहरी उपरीक्षकलगायत बिभिन्न संघसंस्था र नागरिक समाजका सयौं ब्यक्तिहरूको उपस्थिति रहेको थियो ।
सिरहा नगर परिक्रमापछि नगर सभाहलमा अन्तरक्रियात्मक कार्यक्रम समेत गरिएको थियो । उपप्रमुख बबिता कुमारी साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नपाका प्रमुख डा नविन कुमार यादवले लैंगिक हिंसा रोकथाम र अन्त्यका लागि पहिला घरबाटै सुधार गर्नुपर्ने बताए । उनले बालबालिका र किशोर किशोरीलाई उचित शिक्षा र राम्रो बातावरण दिन सकिए एक हदसम्म हिंसामा कमी आउने बताए ।
युवाहरू कामको अभावमा भडकिरहेका र गलत ब्यक्तिहरूको संगतले कुलत र दुव्र्यसनीमा फस्ने बताउँदै यस्तै कारण पछि गएर महिला हिंसामा परिणत हुने अबगत गराए । महिला हिंसा रोक्न महिला आफै पनि सशक्त हुनुपर्ने र हिंसा गर्नेसंग आबश्यक परे प्रतिकार गर्न पनि पछि पर्न नहुने उनले बिचार ब्यक्त गरे ।
यसै क्रममा जिल्ला प्रहरी कार्यालयद्वारा साइबर अपराध र यसको रोकथाम सम्बन्धी प्रजेन्टेशन प्रस्तुत गरिएको थियो। त्यसैगरि सिराहाका अन्य विभिन्न पालिकाहरू (लहान, गोलबजार, मिर्चैया आदि) मा कानुनी साक्षरता, सडक नाटक, र अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएको छ । समाजमा लुकेर रहेका हिंसाका घटनालाई बाहिर ल्याउन र पीडितलाई न्यायको पहुँचमा पुर्याउन यो अभियान केन्द्रित रहनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal