हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रको मुख्य राजमार्ग विस्तारको मुद्दा पाँच दशकपछि पुनः विवादित बनेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र उच्च अधिकारीहरूसँगको छलफलपछि सडक डिभिजन कार्यालयले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको केन्द्र–रेखादेखि २५–२५ गज भित्र रहेका संरचना १५ दिनभित्र हटाउन अल्टिमेटम दिएको छ ।
रातामाटेदेखि राप्ती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्म करिब पाँच सयभन्दा बढी संरचना प्रभावित हुने अनुमान गरिएको छ । यस क्षेत्रमा पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको पेन्टागन एकेडेमी र उपमेयर राजेश बानियाका घरसमेत परेका छन्। यसले विवाद थप जटिल बनाएको अधिकारीहरूले बताएका छन्।
सडक विस्तारको योजना करिब पाँच दशकअघि अघि सारिएको भए पनि विभिन्न कारणले अघि बढ्न सकेको थिएन। व्यवसायीको विरोध, राजनीतिक स्वार्थ, प्रशासनिक ढिलासुस्ती र मुआब्जा विवादले यसलाई अलपत्र बनाएको थियो ।
सडक विभागले चुरियामाईदेखि लोथरसम्म करिब ४० किलोमिटर क्षेत्रमा अतिक्रमणको सूची सार्वजनिक गरेर मनहरी र बारा सीमातर्फबाट विस्तार सुरु गरेको थियो। तर हेटौँडा बजार क्षेत्रमा प्रवेश गर्दा स्थानीयले अदालतमा रिट हालेपछि काम रोकिएको थियो।
सडक डिभिजनले २५ मिटर क्षेत्रमा रहेका बैंक, कार्यालय र अन्य संरचना हटाउन पत्र पठाएपछि डेढ दर्जनभन्दा बढी बैंक मुख्य राजमार्गबाट हटिसकेका छन्। डिभिजनले चेतावनी दिएको छ कि


अनलाइन डबली


