आज :

हिमाली गाउँ उमाकुण्डले दियो नागरिकलाई वडाबाटै सबै सरकारी सेवा

  • अनलाइन डबली

रामेछाप । रामेछापको एक मात्र हिमाली गाउँपालिका उमाकुण्डले नागरिकलाई वडास्तरबाट नै सबै सरकारी सेवा दिन एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ ।

भौगोलिक हिसाबले विकट गाउँका नागरिकलाई सरकारी सेवा लिन सदरमुकामसम्म पुग्नु नपरोस् भनेर गाउँपालिकाको आयोजनामा सबै प्रशासनिक सेवा वडा कार्यालयबाट नै घुम्ती शिविर मार्फत दिइएको हो ।

शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र, अपाङ्गता परिचयपत्र, उद्योग दर्ता तथा नवीकरण, योजना सम्झौता, पशुबस्तुको औषधि वितरण लगायतका सेवा दिइएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताए । यो कार्यक्रम गाउँपालिकाले लगातार ४ वर्षदेखि हरेक वर्ष सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।

गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले गाउँपालिकाबाट सात आठवटा  सेवा लिएर नागरिकको घर दैलोमा पुगिएको बताइन् । यो सेवाले नागरिकको ठुलो रकम बचत भएको उनको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले गाउँपालिकाको केन्द्रमा आउन समेत चार घण्टा लाग्ने नागरिकलाई वडामा नै गएर दिने सेवाले निक्कै सहयोग पुगेको बताए । गाउँपालिकाको सानो खर्चले नागरिकले ठुलो सेवा पाएका उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयको तर्फबाट नेपाली नागरिकताको प्रमाणपत्र राष्ट्रिय परिचयपत्र लगायतका कार्यक्रम लिएर उमाकुण्ड पुगेका अधिकृत भीमराज बस्नेतले सेवा लिने नागरिकहरूको उत्साहजनक सहभागिता रहेको बताए । रातिसम्म काम गरेर भए पनि नागरिकका काम सकेर मात्रै हिँड्ने गरेको उनले जानकारी दिए ।

उमाकुण्ड गाउँपालिकाको यो प्रयासले संविधानले परिकल्पना गरेको हेर्न सकिने, देख्नु सकिने, छुन सकिने र भेट्न सकिने स्थानीय सरकारको अनुभूति नागरिकलाई दिएको छ

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal