आज :

युक्रेन–रूसबीच शान्तिको बाटो भेटिएको ट्रम्पको दाबी

  • अनलाइन डबली

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेन र रूसबीच शान्ति कायम गर्न वाशिङ्टनले सम्भावित मार्ग पहिचान गरिसकेको दाबी गरेका छन् । तर उनले उक्त प्रस्ताव केवल युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले अनुमोदन गरे मात्र अघि बढ्ने स्पष्ट पारेका छन् ।

“हामीले शान्ति ल्याउने एउटा तरिका फेला पारेका छौँ भन्ने लाग्छ । तर उनलाई (जेलिन्स्कीलाई) यसको अनुमोदन गर्नुपर्छ । उनीहरू केही नजिकिँदै छन् जस्तो लाग्छ, तर म अड्कल गर्न चाहन्न,” ट्रम्पले व्हाइट हाउसस्थित ओवल अफिसमा पत्रकारहरूसँग भने ।

यसअघि, अमेरिकी पक्षबाट तयार पारिँदै गरेको नयाँ शान्ति प्रस्ताव अहिले किभले अध्ययन गरिरहेको छ । सिएनएनका अनुसार यो प्रस्ताव अझै विकासक्रममै छ र छलफल बढेसँगै धेरै बुँदामा परिवर्तन हुने अपेक्षा गरिएको छ ।

यही दिन, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले किभमा भएको खुलेआम कार्यक्रममा देश इतिहासकै सबैभन्दा चुनौतीपूर्ण चरणमा रहेको चेतावनी दिए । अमेरिकी प्रस्तावका सम्भावित प्रभावहरूबारे सोच्नुपर्ने परिस्थिति आएको उनले उल्लेख गरे ।

“अहिले हाम्रो इतिहासका सबैभन्दा कठिन क्षणहरूमध्ये एक छ, अहिले युक्रेन एक धेरै कठिन निर्णयको मोडमा छ । सम्मान गुमाउने कि प्रमुख साझेदार गुमाउने जोखिम मोल्ने,” जेलिन्स्कीले भने । “म कम्तिमा दुई बुँदा युक्रेनीहरूको सम्मान र स्वतन्त्रता नबिर्सियोस् भनेर २४ घन्टा संघर्ष गर्नेछु,” उनले थपे ।

सिएनएनका अनुसार ट्रम्प प्रशासनभित्र छलफल भइरहेको नयाँ प्रस्ताव अनुसार, युक्रेनले पूर्वी डोन्बास क्षेत्रका केही भूभाग छोड्नुपर्ने तथा आफ्नो सैन्य क्षमतामा केही सीमा स्वीकार्नुपर्ने हुनसक्छ । यसको सट्टामा अमेरिकाले सुरक्षा सुनिश्चितताका ग्यारेन्टी गर्ने सम्भावना प्रस्तावमा समावेश गरिएको बताइएको छ ।

तर अमेरिकी अधिकारीहरूका अनुसार प्रस्ताव पूर्ण रूपमा तयार छैन र रूस तथा युक्रेन दुवैले केही सम्झौता गर्नुपर्नेछ । सन् २०१४ देखि चलेको संघर्ष २०२२ मा रूसले पूर्ण आक्रमण गरेपछि युद्धमा परिणत भएको हो ।

२८ बुँदामा समेटिएको प्रस्तावको प्रारम्भिक ड्राफ्ट ट्रम्पले हेरीसकेका छन् र उनले यसको समर्थन गरेको सिएनएनले दाबी गरेको छ । तर युक्रेनले हालसम्म पनि रूसको नियन्त्रणमा पूर्ण रूपमा नपरेका क्षेत्रहरूका विषयमा कुनै प्रकारका भू–सम्झौताला स्वीकार नगर्ने अडान राख्दै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal