काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज(विहीबार)भएको खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ ।
चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउदै १४२ रन बनाएको हो ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । लुम्बिनी पहिलो पटक मैदानमा उत्रिएको हो भने चितवन राइनोजको यो दोस्रो खेल हो । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।
लुम्बिनीको कप्तान राष्ट्रिय टिमकै कप्तान रोहितकुमार पौडेल हुन् भने चितवनको कप्तानमा कुशल मल्ल रहेका छन् ।


अनलाइन डबली





