आज :

बिपी राजमार्गमा पहिरो हटाउने काम सुरु, मौसमले साथ दिए आजैबाट सडक सुचारु हुने

  • अनलाइन डबली

रामेछाप । वर्षाको कारण आएको पहिरो र लेदोले अवरुद्ध बिपी राजमार्ग सफा गर्ने काम सुरु भएको छ ।

शनिबार बेलुका देखिनै वर्षाले बिगारेको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक खण्ड सफा गर्न लागिएको सडक डिभिजन कार्यालय काभ्रेका सुपरभाइजर चन्द्र लामाले जानकारी दिए ।

मौसम खुलेकाले आज पनि बिहानदेखि नै सडक सफा गर्ने काम सुरु भएको उनले बताए । अहिले बिपी राजमार्ग चारसय बेसिकोको पहिरो पन्छाउने काम भइरहेको छ । यसै गरी पिप्ले माथि पनि सडक सफा हुँदै गर्ने काम सुरु भएको छ । मौसमले साथ दिए आज दिउँसोसम्म सडक सफा भएर यातायात सञ्चालन हुने सडक डिभिजन कार्यालयले जनाएको छ ।

बिपी राजमार्ग माथि काभ्रेको रोशी गाउँपालिका स्थित चारसय बेँसीको नाङ्गशाल रोडा ढुङ्गा उद्योगको खानी क्षेत्रबाट झरेको सुख्खा पहिराले राजमार्ग अवरुद्ध गरेको छ । त्यसका साथै अन्य विभिन्न ठाउँमा पनि पहिरो गएको छ । बिपी राजमार्ग छेउमा सञ्चालन गरिएका ढुङ्गा र क्रसर उद्योगहरूले राजमार्गमा क्षति पु¥याउँदै आएको छ । सडक अवरुद्ध हुँदा केही सवारीसाधन नेपालथोकमा रोकिएका छन् भने केही वैकल्पिक बाटो प्रयोग गरी काठमाडौं गएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal