आज :

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ विधि गरिँदै

  • अनलाइन डबली

काठमाडौं । छठ पर्वको दोस्रो दिन आज व्रतालुहरू ‘खरना’ विधिको तयारीमा जुटिसकेका छन् ।

कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट सुरु भएको छठ पर्व आज पञ्चमी तिथिका दिन ‘खरना’ विधि गरिन्छ ।

सूर्योदयपूर्व स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खीर कुलदेवता र छठी देवीलाई चढाइन्छ । व्रतालुले कुलदेवता र छठी देवीलाई चढाएको खीर प्रसादस्वरुप खाने चलन छ, त्यस विधिलाई नै मिथिलामा ‘खरना’ भनिन्छ ।

छठ महापर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चौथीका दिन व्रतालुले आत्मशुद्धिका लागि उसिनेको चामल, लसुन÷प्याज, कोदो, मुसुरोसहितका धार्मिक अनुष्ठानमा अशुद्ध मानिने खाद्यपरिकार खाँदैनन् । मैथिलीमा अर्बा (नउसिनिएको अन्न) खाइने विधिलाई ‘अर्बा–अर्बाइन’ भनिन्छ । पहिलो दिन मनाइने ‘नहाय–खाय’ र ‘अर्बा–अर्बाइन’ एकअर्कासँग जोडिएका विधि हुन् ।

त्यसपछि दोस्रो दिन ‘खरना’ को दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र चामलको खिर पकाई केराको पातमा राखेर छठी मातालाई चढाएर व्रतालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन् ।

व्रतालुले आज सूर्यास्तपछि चन्द्रदर्शन गरि यो विधि सम्पन्न गर्ने छन् ।  ‘खरना’लाई स्वधर्म र आत्मसंरक्षण तथा पापको नाशको रुपमा लिने गरिएको छ ।

छठ पर्वको महत्त्वपूर्ण व्रत कात्तिक शुक्ल षष्ठी तिथि भोली गरिन्छ । सूर्य उपासनाको निराहार व्रत बसेर व्रतालुले सजाइएको जलाशय घाटमा पुगेर स्नानसँगै अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । साथै, सप्तमीका दिन बिहान व्रतालुले उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गरिन्छ ।

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal