आज :

प्रकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौति बनेको छ ः मन्त्री घिसिङ

  • अनलाइन डबली

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिंचाई र शहरी विकासमन्त्री कुलमान घिसिङ्ले प्रकोपहरुको जोखिम व्यवस्थापनमा मुख्य कुरा पानीको स्रोतको व्यवस्थापन रहेको बताएका छन् ।


मंगलबार काठमाडौंमा आयोजित विपद् जोखिम न्यूनीकरण सम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा उनले प्राकृतिक प्रकोपको जोखिम व्यवस्थापनको लागि पानीको स्रोतको व्यवस्थापन गर्नुपर्ने भन्दै यसलाई माथिदेखि तलसम्म नहेर्ने हो भने यस्तो प्रकारको प्रकोप सँधै भइरहने बताए ।
उनले भने, ‘प्राकृतिक प्रकोप एंव विपद् आउनु भन्दा अगाडि नै त्यसका समाधानहरु के के हुन सक्छन्, त्यसको खतरा कम गर्ने उपायहरु के–के हुनसक्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । प्राकृतिक प्रकोपको जोखिम व्यवस्थापन भनेको पानीको स्रोतको व्यवस्थापन हो । यसलाई माथिदेखि तलसम्म नहेर्ने हो भने यस्तो प्रकारको प्रकोप सँधै भइरहन्छ । नदी प्रणालीलाई व्यवस्थापन गर्नुपर्ने थियो त्यो भएन् ।’
यस्तै, उनले गाँउमा सबै स्थानमा सडक पुगेपनि एकदिनको वर्षाले सबै ध्वस्त भएको भन्दै पूर्वाधार व्यवस्थापन पनि एकदमै चुनौतीपूर्ण देखिएको बताए ।
उनले भने, ‘अहिले सबै गाँउमा रोड पुगेको छ तर तिर रोडहरु एकदिनको वर्षाले ध्वस्त भएको छ । केन्द्र सरकारले हाइवे हेर्ने भन्छ त्यसको पनि केही बाँकी छैन् सबै बनाउनु पर्छ । स्थानीय र प्रदेश सरकारले बनाएका रोडको पनि नाम निसान नै छैन् । कहिले बनाउने के गर्ने यो कुरा महत्वपूर्ण छ । खानेपानीको अवस्था उस्तै छ । त्यसैले पूर्वाधारको व्यवस्थापन पनि एकदमै चुनौती पूर्ण देखिएको छ ।’
घरहरु कहाँ बनाउने, बस्ती कहाँ राख्ने भन्ने अध्ययन गरेर नक्सा बनाउनुपर्ने भन्दै एकदमै खतरा भएको स्थानको बस्तीलाई हटाउनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal