आज :

रौतहटमा ४ लाख बढी मतदाता नामावली दर्ता

  • अनलाइन डबली

रौतहट । रौतहटमा ४ लाख भन्दा बढीले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गरेका छन ।

जिल्ला निर्वाचन कार्यालय गौरमा अहिले दुई वटा स्टल राखेर मतदाता परिचय पत्रको लागी फोटो सहितको मतदाता नामाबली दर्ताको कार्य भइरहेको छ । रौतहटको चार निर्वाचन क्षेत्रमा ४ लाख २१ हजार ६ सय ९३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले बताए ।

उनका अनुसार पुरुष २ लाख ३१ हजार ४ सय ३ र महिला एक लाख ९० हजार २ सय ८९ र तेश्रो लिंगी एक जना छन । नेपाल सरकारले २०८२ फागुन २१ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ  ।

निर्वाचनको मिति घोषणा भएपछी असोज १० देखि २७ गते सम्म रौतहटमा पुरुष ४ सय ९ र महिला १ सय ९७ गरी ६ सय ६ जनाले फोटो सहितको मतदाता नामाबली दर्ता गरेको उनले जानकारी दिए ।

उनले २०७९ सालको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछी ६ हजार २ सय मतदाता थपिएको बताए ।  निर्वाचन आयोगको केन्द्रिय निर्देशन अनुसार नै कार्यालयले काम अघि बढाएको उनले उल्लेख गरे । यद्यपि तोकिएको समयमा निर्वाचन हुने वा नहुने भन्ने विषयमा यहाका बासीको मिश्रित प्रतिक्रिया छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal