आज :

सुरक्षाकर्मीबाट लुकाइछिपाइ पटका बजारमा

  • अनलाइन डबली

रौतहट । हिन्दूहरुको चाड तिहारपर्वलाई लक्षित गरी तस्करले रौतहट जिल्लाका विभिन्न नाकाबाट पटका भित्र्याउने क्रम सुरु भएको छ ।

नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाइ ठूलो परिमाणमा पटका भित्र्याउने गरेका छन् ।

तस्करले रौतहटको बंकुल, लक्ष्मीपुर बेलविछुवा, रामपुर खाँप, औरैया लगायतका नाकाबाट पटका ल्याउने गरेको देखिन्छ । प्रहरीले थोरै मात्रामा पटका समाते पनि तस्करले सीमा नाकामा रहेका प्रहरीलाई आफ्नो पक्षमा पारेर पटकाको व्यापक तस्करी गर्ने गरेको पाइएको स्थानीयले बताएका छन् ।

अहिले गौर, कटहरिया, गरुडा , मौलापुर, सुकदेव चौक  लागायतका स्थानमा पटका लुकाइ छिपाई बिक्री हुने गरेको स्थानीय कमलदेव पटेलले बताए । उनका अनुसार पटका सहितको बिस्फोट पदार्थ विक्री गरेको थाहा पाउन साथ प्रहरीले बरामद गर्ने गरेको छ ।

भारतको बैरगनिया लगायतका भारतीय बजारबाट ‘क्यारियर’वालाले  ती पटका गौर लगायतका नेपाली बजारसम्म ल्याउने ठेक्का समेत लिने गरेको बताइन्छ । ती ‘क्यारियर’वालाले सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई आफ्नो पक्षमा पारेर भारतबाट विभिन्न सामान ल्याउँदा त्यसभित्र पटका लुकाएर ल्याउने गरेको बताएका छन् ।

अति प्रज्वलनशील पदार्थका रुपमा रहेको पटका नेपाल भित्रिने गरेकोबारे प्रहरी अधिकारीले अस्वीकार गरेका छन् । तर, सीमा नाकामा प्रहरीले भेट्टाएसम्म पटका भने समात्ने गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal