आज :

शिक्षक नियुक्ति घुस काण्ड : प्रधानाध्यापकसहित दुई जना पक्राउ

  • अनलाइन डबली

सर्लाही । रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित जय किसान नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसाद साह घुस लिएको आरोपमा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रबार राति धरहरीस्थित उनको घरबाट नियन्त्रणमा लिएको हो ।

प्रधानाध्यापक साहले विद्यालयमा माध्यमिक तह (द्वितीय) विज्ञान विषयका शिक्षक नियुक्ति परीक्षामा पास गराइदिने भन्दै साढे चार लाख रुपैयाँ घुस मागेको खुलासा भएको अख्तियार स्रोतले जनाएको छ । उक्त रकम लिँदै गर्दा उनका सहयोगी अरविन्द प्रकाश साह पनि रंगेहात पक्राउ परेका हुन् ।

अख्तियारको टोलीले वीरगन्जस्थित राधेमाई स्वीट्स एण्ड भोजनालयबाट अरविन्दलाई रकमसहित नियन्त्रणमा लिएपछि थप अनुसन्धानका क्रममा धरहरी पुगेर प्रधानाध्यापक सञ्जय साहलाई पक्राउ गरेको थियो।

परीक्षामा सहभागी एक शिक्षकसँग रकम मागिएको सूचनाका आधारमा अख्तियारले निगरानी राख्दै पक्राउ प्रक्रिया अघि बढाएको बताईएको छ । पक्राउ परेका दुवै जनालाई प्रारम्भिक सोधपुछपछि शुक्रबार राति नै थप अनुसन्धानका लागि काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal