
काठमाडौँ । प्यालेस्टाइनी विद्रोही समूह हमास र इजरायलबीच गाजामा शान्ति स्थापनाका लागि युद्धविराम सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमका अनुसार अमेरिकाले तयार पारेको गाजा शान्ति योजनाको पहिलो चरणमा उनीहरूले हस्ताक्षर गरेको घोषणा गरेका हुन्।
ट्रम्पले हमासले अब सबै बन्धकहरूलाई चाँडै रिहा गर्ने र इजरायलले सहमति भएको सीमामा आफ्ना सेना फिर्ता बोलाउने बताए । यसले बलियो, स्थिर र दिगो शान्तितर्फको पहिलो कदम हुने ट्रम्पले विश्वास गरेका छन् ।
हमास र इजरायलबीच बार्ता गराउन अमेरिका, कतार र इजिप्टले समन्वय गरेका थिए ।
यो सहमतिसँगै हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको भिडियो सार्वजनिक भएको छ । तर, यो भिडियो पुरानो भएको बताइएको छ ।
बुधबार राति मात्रै सार्वजनिक भएको भिडियो पुरानो भएपनि योसँगै विपिन जिवित रहेको र अब रिहा हुने आशा पलाएको छ ।