
काठमाडौं । ललितपुर महानगरपालिकाकाले तीन वटा सुरक्षा निकायलाई १५ लाख बराबरको सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।
शनिबार महानगरले नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दमकल, डुङगा, लाइभ ज्याकेट, हेलमेट, हाइनामिक रो, फुल बडी हार्नेसलगायतका उद्दारका सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
सामग्री हस्तान्तरण गर्दै महानगर प्रमुख चिरिबाबु महर्जनले गत वर्षको बाढीबाट शिक्षा लिई यस पटक पानीजन्य विपद्बाट जोगिन आफूहरु पूर्णरुपमा तयार रहेको बताए ।
उनले भने, ‘गत वर्षको घटनालाई मध्यनजर गरेर चारवटा डुङगा खरिद गर्यौं । डुङगा खरिद मात्र गरेको होइन त्यसका लागि तालिम पनि लिएका हौं । सोही बमोजिम हामीले पानीजन्य तालिमको व्यवस्थापन गर्यौ र अहिलेको अवस्थामा पूर्णरुपमा तयारीमा छौ । सुरक्षा पहिलो भएकाले यसमा कुनैपनि सम्झौता गर्न पाइदैन र गर्न हुँदैन ।’
उनले ललितपुर महानगरपालिका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा देशभर रहेका ७५३ वटा पालिकाहरुमध्ये उत्कृष्ट रहेको दाबी गरे ।
जेनजी आन्दोलनका क्रममा दमकलमा आगजनी गरिदिंदा दुःख लागेको भन्दै उनले त्यो भन्दा राम्रो गुणस्तरको दुईवटा दमकल खरिदको प्रक्रियामा रहेको जानकारी दिए ।