आज :

तमोर करिडोर दुर्घटना ः मृतक र घाइतेहरुको पहिचान खुल्न बाँकी

  • अनलाइन डबली

फिदिम । तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका वडा नं ३ रानीगाउँको कार्तिकेमा भएको बोलेरो जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
दुर्घटनामा ६ जना घाइते भएका छन् । घाईतेहरुलाई उपचारको लागि धरान पठाईएको प्रहरीले जनाएको छ । मृतक र घाईतेहरुको पहिचान हुन बाँकी रहेको बताइएको छ ।
ताप्लेजुङबाट धरान तर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको जीप सडक बाट करिब ५ सय मिटर तल खसेको थियो । दुर्घटनामा तीन महिला र तीन पुरूषको घटना स्थलमै मृत्यु भएको हो । घाइतेहरुको उद्धारमा नेपाली सेना वीरदल गण र नेपाल प्रहरी घटिएको छ ।
पाँच घाइतेलाइ धरान र एक जनालाई थप उपचारको लागि फिदिम पठाइएको छ । मृतकको पहिचान सहितको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal