आज :

दसैंको टीकाको दिन अधिकांश ठाउँमा बदलीसहित वर्षाको सम्भावना

  • अनलाइन डबली

काठमाडौं । दसैंको टीकाको दिन देशका धेरै ठाउँमा बदलीसहित वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी र स्थानीय वायुले प्रभाव पारिरहेको छ, जसको असर बिहीबार (टीकाको दिन) देखिन सक्छ ।

बिहीबार दिनभरि देशभर सामान्यतया आंशिकदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागहरूमा तथा मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्ने अनुमान छ । साथै, कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने पूर्वानुमान छ ।

बिहीबार रातिको समयमा पनि सबै प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ भने अन्य प्रदेशका केही स्थानहरूमा पनि थोरै वर्षा हुन सक्छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ ।

टीकाको दिन यात्रा गर्दा मौसमको अवस्था विचार गर्न र आवश्यक सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal