आज :

मन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा–पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने

  • अनलाइन डबली

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डेनिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा बिहीवार भएको भेटमा राजदूत मेउलीले मन्त्री घिसिङलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । भेटवार्तामा स्विस सहयोगमा हाल सञ्चालित आयोजनाको प्रगति, आगामी दिनमा सहयोग गर्न सकिने सम्भावित क्षेत्र, लगानी र द्विपक्षीय सम्बन्धबारे विस्तृत छलफल भएको छ ।
मन्त्री घिसिङले स्विस सरकारले दिएको निरन्तर सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै, हाल गठित सरकारले चुनाव, आन्दोलनका कारण क्षति पुगेका संरचनाको पुनर्निर्माण, सुशासन कायम गर्ने र युवामा आशा जगाउनेलाई प्राथमिकतामा राखेको बताए । उनले विद्युतीय सवारी साधन प्रवद्र्धन, घरायसी प्रयोजनमा विद्युत् प्रयोगलाई प्रोत्साहन, स्विस अनुभवअनुसार सडक यातायातमा सुरुङ प्रविधि अनुशरण, हरित हाइड्रोजन ऊर्जाको प्रवद्र्धन र साना उद्योगमार्फत रोजगारी सिर्जना गर्न तालिम उपलब्ध गराउन आग्रह गरे ।
हाल स्विस सहयोगमा साना सिँचाइ कार्यक्रम, पुल निर्माण, सिद्धबाबा सुरुङमा प्राविधिक सहयोग, रोजगारमूलक सीप विकास तालिमलगायतका कार्यक्रम सञ्चालनमा छन् । भेटमा राजदूत मेउलीले नेपालको ऊर्जा तथा पूर्वाधार निर्माण क्षेत्रमा सहयोग गर्न स्विस सरकार सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal