आज :

६ महिनामा केही काम गर्न सकिन्छ तर कायापलट गर्न सकिन्न :मन्त्री खरेल

  • अनलाइन डबली

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् ।

आज शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर खनालले पदभार ग्रहण गरेका हुन् ।

सोही क्रममा उनले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कामय गर्ने विषयमा वस्तुपरक र कार्यान्वयन हुने ढंगले ६ महिनाभित्रका केही फाउन्डेसनहरु स्थापना गर्नुपर्ने बताए ।

उनले भने, ‘हुन त ६ महिनाको लागि सञ्चारमन्त्री आएर कुनै कायापलट हुने होइन् । तर भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कामय गर्ने विषयमा वस्तुपरक र कार्यान्वयन हुने ढंगले देखिने गरेर र जनतालाई महशुस हुनेगरी यो ६ महिनाभित्रका केही फाउन्डेसनहरु हामीले स्थापना गर्नुपर्ने छ ।’

यस्तै, उनले खरानी टक्टक्याएर जीवन र धरोहरहरुको पुननिर्माण गर्नुपर्ने अवस्था रहेको भन्दै भ्रष्टाचारको विषयमा सरकार निर्मम भएर काम गरिरहेको छ भन्ने अनुभूति जनतालाई गराउनुपर्ने बताए ।

उनले भने, ‘भ्रष्टाचार पनि ६ महिनामा हट्दैन । तर घटाउँदै जाने हो । जनताले पनि यो विषयमा सरकार निर्मम छ है, काम गर्दै छ है भन्ने अनुभूति गराउन सकिन्छ । हामी खरानी टक्टक्याएर जीवन र धरोहरको पुननिर्माण गर्नुपर्ने छ ।’

राजनीतिक हस्तक्षप भएन भने र नेता र मन्त्रीको चम्चा बनिएन भने स्वतन्त्र रुपमा अगाडि बढ्न सकिने पनि उनको भनाई छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal