
सुर्खेत । जुम्लाको गुठिचौर गाउँपालिकामा प्याराग्लाइडिङ महोत्सव सुरु भएको छ ।
गुठिचौर गाउँपालिकाले आयोजना गरेको महोत्सव गुठिचौर पाटनमा सञ्चालन गरिएको छ ।
जुम्लाको पर्यटकीय सम्भावना उजागर गर्न आयोजना गरिएको महोत्सवले यहाको पर्यटकीय सम्भावनालाई मुलुकभर चिनाउने छ । महोत्सव उद्घाटन गर्दै गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले साहसिक पर्यटनको नक्सामा राख्ने गुठिचौरलाई राख्ने अवसर भएको बताए । पर्यटकले आकाशबाट स्याउ बगान, हरियाली बन, हिमश्रृङ्खला र स्थानीय गाउँघरको मनमोहक दृश्य हेर्ने पाउने उनले बताए ।
असोज ११ सम्म सञ्चालन हुने प्याराग्लाइडिङ महोत्सवमा पोखरा, स्याङ्जा र सुर्खेतका गरेर १२ जना चालक गुठिचौर आइपुगेका छन् । अघिल्लो बर्ष दुई सय ३४ उडान भरिएको महोत्सवमा वर्ष दुई सय ५० भन्दा धेरै उडान भर्ने लक्ष्य लिईएको अध्यक्ष बुढाले बताए । “प्याराग्लाइडिङ महोत्सवमा सहभागिता जनाउने पर्यटकले २० देखि ३० मिनेटसम्म प्रशिक्षित पाइलटको साथमा सुरक्षित उडान भरिने छ“ उनले भने ।
प्याराग्लाईडिङका लागि स्थानीयलाई तीन हजार पाँच सय रुपैयाँ र पालिका बाहिरका पर्यटकका लागि चार हजार पाँच सय रूपैया निर्धारण गरिएको छ ।
महोत्सवले गाउँपालिकाको पर्यटन बिकासका लागि महत्वपूर्ण योगदान पुर्याउने गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी)ले बताईन् कर्णालीका पहाड, वन र हिमाललाई आकाशबाट हेर्ने सुनौलो अवसर भएको उनको भनाई छ ।
“महोत्सवले साहसिक पर्यटन प्रवद्र्धनसँगै स्थानीय रोजगारी सिर्जना, उद्यमशीलता विस्तार र गाउँपालिकाको आर्थिक गतिविधिमा प्रत्यक्ष टेवा पु¥याउने अपेक्षा गरिएको छ“ उनले भनिन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माया लक्ष्मी बुढाले पर्यटनमैत्री गन्तव्यको रूपमा अघि बढ्न लागेको र जुम्लाको पहिचान बदल्ने सम्भावना बोकेको बताईन् । ‘स्याउको रस, हिमालको दृश्य, र आकाशको छातीमा उड्ने साहसिकता उडानको मज्जा एकैसाथ लिन सकिने महोत्सवले कर्णालीको पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने छ’ उनले भनिन्।