
काठमाडौं । ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त हुनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ उहाँलाई सञ्चारमन्त्रीमा नियुक्त गर्नुभएको हो ।उनको नियुक्तिसँगै कार्की नेतृत्वको वर्तमान सरकार ९ सदस्य हुनेछ।
यस्तै, महावीर पुन, अनिल सिन्हा, डा. मदन परियार र डा. संगीता मिश्रको नाम पनि मन्त्रीका लागि सिफारिस भएको छ।महावीर पुन शिक्षा, अनिल सिन्हा कानुन, डा. मदन परियार कृषि र डा. संगीता मिश्र स्वास्थ्य मन्त्रीमा सिफारिस भएका हुन्।
नवनियुक्त सञ्चारमन्त्री खरेललाई सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुहुने भएको हो ।