आज :

रौतहटबाट लागूऔषध गाँजा सहित ३ सय ३४ केजी बरामद

  • अनलाइन डबली

रौतहट  । रौतहट  इशनाथ नगरपालिकाको मोतिपुरबाट प्रहरीले लागूऔषध गाँजा ३ सय ३४ केजी बरामद गरेको छ। नेपाल भारत सीमावर्ती क्षेत्रबाट लागुऔषध गाँजा सहितको पिकअपलाई शनिवार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

ईशनाथ नगरपालिका–८ मनसरी हुँदै भारततर्फ लैजाँदै गरिएको अवस्थामा सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी राजु कार्कीले जानकारी दिए ।

उनका अनुसार प्रदेश ३–०१–०२२ च १८६१ नम्बरको पिकअप गाडीलाई रोक्न खोज्दा सडकमै रोकेर चालक फरार भएका हुन । उक्त पिकअपलाई प्रहरीले चेकजाँच गर्दा माथिबाट २० पोका काउली लोड भएपनि तल २६ पोका गाँजा फेला परेको रौतहट प्रहरी प्रवक्ता एवं डिएसपी कार्कीले बताए ।

प्रहरीका अनुसार तरकारी लोड गरिएको जस्तो देखाइए पनि पिकअपभित्र २६ वटा पोकामा लुकाइछिपाइ गरी गाँजा लोड गरिएको थियो ।

लागूऔषधसहित पक्राउ परेका व्यक्तिहरुको पहिचान खुलाइएको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal