आज :

एएफसी यू–२३ एसियन कप छनोट ः पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित

  • अनलाइन डबली

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ।

बुधबार राति ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा भएको समूह ‘के’ को खेलमा नेपाल आयोजक टोली ताजकिस्तानसँग ४–० गोलअन्तरले पराजित भएको हो।

ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई गोल गरे भने रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक–एक गोल गरेका थिए।

समूह ‘के’ को अर्को खेलमा सिरियाले फिलिपिन्सलाई २–१ गोलअन्तरले हराएको थियो। नेपालले अब आफ्नो दोस्रो खेल आगामी शनिबार सिरियासँग खेल्नेछ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal