आज :

चीनको सैन्य परेडः सी-पुटिन, किमलगायत सहभागी, अमेरिका तर्सियो

  • अनलाइन डबली

काठमाडौं । जापानी आक्रमणविरुद्धको चिनियाँ जनयुद्ध र विश्व फासिवाद विरोधी युद्धको विजयको ८० औँ वार्षिकोत्सवको अवसरमा चीनले टियानआनमेन स्क्वायरमा भव्य समारोह आयोजना गरेको छ ।

स्थानिय समयअनुसार बुधबार बिहान ९ः०० बजे भव्य समारोहमा सैन्य परेड देखाइएको छ । टियानआनमेन स्क्वायरमा जननायकहरूको स्मारक भव्य रूपमा उभिएको छ । सोही स्क्वायरमा १४ मिटर अग्लो स्मृति मञ्च निर्माण गरिएको छ, जसमा सन् १९४५ र २०२५ को प्रतीक स्वरूप १४ वटा दीपस्तम्भ राखिएका छन् ।

दीपस्तम्भमाथि शान्तिको प्रतिक १४ परेवा उडाइएको छ । जसले १४ वर्ष लामो युद्धमा चिनियाँ जनताले आफ्नै रगत–मासुबाट बनाएको रुपक ‘महान भित्ताकोट’लाई जनाउँछ । समारोहमा चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सम्बोधन गरेका छन् ।

चीन फासिवादी आक्रमणविरुद्ध लड्ने पहिलो राष्ट्र थियो र सबैभन्दा लामो समयसम्म प्रतिरोधमा टिक्यो । १४ वर्ष लामो युद्धमा चिनियाँ जनताले ३ करोड ५० लाखभन्दा बढी जनधन गुमाए । अपार राष्ट्रिय बलिदानमार्फत चीनले विश्व फासिवाद विरोधी युद्धको पूर्वी मोर्चामा निर्णायक भूमिका खेलेको थियो ।

जापानले सन् १९४५ सेप्टेम्बर २ मा आत्मसमर्पणपत्रमा हस्ताक्षर गर्दै चीनसहित सहयोगी राष्ट्रहरूसमक्ष हार स्वीकार गरेको थियो । चीनले भोलिपल्ट, सेप्टेम्बर ३ मा विजय दिवस मनाएको थियो । सन् २०१४ मा चीनले सेप्टेम्बर ३ लाई आधिकारिक रूपमा प्रतिरोध युद्धको विजय दिवस घोषणा गर्ने कानून बनाएको छ ।

शक्ति प्रदर्शनको रुपमा हेरिएको चीनको बार्षिकोउत्सवमा अबसरमा हुने सैन्य परेडको चीनका राष्ट्रपति सी चिनफिङसँगै रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका सर्वोच्च नेता किम जङ उनले अवलोकन गरेका छन् । त्यस्तै, चीन भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सैन्य परेडको अवलोकन गर्ने अवसर पाएका छन् ।

यसैबीच चीनको सैन्य परेडलाई लिएर अमेरिका र पश्चिमा देशका नेताहरु चर्सिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको शक्ति प्रदर्शन आफ्नो देशविरुद्धको षड्यन्त्र भएको प्रतिक्रिया दिएका छन् । उनले अमेरिकामाथि हमला गर्ने अन्तिम गल्ती गर्ने छैनन् समेत बताएका छन् ।

यो अभिव्यक्तिले सी, पुटिन, किमले एक भएर आफ्नो विरुद्ध हमला गर्न सक्ने ट्रम्प त्रासमा रहेको विश्लेषकहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal