आज :

अफगानिस्तान भुकम्पः मृत्यु हुनेको सङ्ख्या ८ सय पुग्यो

  • अनलाइन डबली

अफगानीस्तानको अन्तरिम सरकारका प्रवक्ताका अनुसार सबैभन्दा ठूलो क्षति कुनार प्रान्तका नुर्गल, सुकी, वाटापुर र चापा दारा जिल्लामा भएको छ । नुर्गल क्षेत्रका एक स्थानीयले चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) सँग कुरा गर्दै गाउँका घर पूर्णरूपमा ध्वस्त भएको बताए ।
“आइतबार मध्यरातमा आएको भूकम्प निकै शक्तिशाली थियो । हामीले करिब २०० घाइतेलाई हेलिकोप्टरमार्फत जालालाबादको अस्पतालमा पु¥यायौं, अझै पनि ३०० देखि ३५० जना भग्नावशेषमुनि फसेका छन् । हाम्रो गाउँका सबै घर ध्वस्त भएका छन्,” वादिर गाजीअबाद गाउँका बासिन्दा जद्रानले बताए ।
स्थानीय भौगोलिक कठिनाइका कारण उद्धारमा समस्या भइरहेको जनाइए पनि उद्धार टोली र राहत संस्था प्रभावित क्षेत्रमा पुगेर कार्य तीव्र पारिरहेको अधिकारीहरूले बताएका छन् ।

भूकम्प प्रभावित स्थानीयहरूले अन्तर्राष्ट्रिय सहयोगको माग गरेका छन् ।
“हाम्रो सरकारका अधिकारीहरू तुरुन्तै सहयोगका लागि पुगेका छन्, जसका लागि हामी आभारी छौं । तर हामी अन्तर्राष्ट्रिय समुदायलाई अझै सहयोगका लागि आग्रह गर्छौं,” जद्रानले भने ।
वादिर गाजीअबादका अर्का बासिन्दा मोहम्मद इब्राहिमले भने, “मेरो परिवारका २५ जना सदस्य भूकम्पमा मारिए र अझै भग्नावशेषमुनि छन् । म अन्तर्राष्ट्रिय समुदायलाई सहयोगको अपिल गर्छु, अल्लाहले यसका लागि उनीहरूलाई पुण्य दिनुहुनेछ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal