आज :

अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्प, लगातार पराकम्प अनुभव

  • अनलाइन डबली

काठमाडौं । अफगानिस्तानमा सोमबार बिहान ६.३रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार भूकम्प भारतीय समयअनुसार राति १२ः४७ बजे ३४.५० डिग्री उत्तर अक्षांश र ७०.८१ डिग्री पूर्व देशान्तरमा १६० किलोमिटर गहिराइमा केन्द्रविन्दु भएर गएको हो ।

प्रारम्भिक भूकम्पपछि ४ देखि रेक्टर स्केलबीचका पराकम्पहरू पनि अनुभव गरिएको छ । सोही क्षेत्रमा ४.७, ४.३ र ५.० रेक्टर स्केलका भूकम्प पराकम्पको रूपमा गएका छन् । यीमध्ये ५ रेक्टर स्केलको पराकम्प ४० किलोमिटर गहिराइमा भएको हुँदा थप शक्तिशाली महसुस गरिएको बताइएको छ ।

विशेषज्ञहरूको भनाइमा सतह नजिक अर्थात् मध्यम गहिराइका भूकम्पहरू बढी जोखिमपूर्ण हुने गर्छन् । यसले जमिनमा तीव्र कम्पन उत्पन्न गर्ने भएकाले संरचनागत क्षति र जनधनको हानीको सम्भावना उच्च हुने गर्दछ ।

अफगानिस्तान भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्र हो । हिन्दुकुश हिमशृंखला भौगोलिक रूपमा सक्रिय भएकाले प्रत्येक वर्ष शक्तिशाली भूकम्पहरू जाने गरेको अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ । अफगानिस्तान भारतीय र युरेसियन प्लेटबीचको मुख्य भूकम्पीय धर्कामा रहेको छ भने हेरात हुँदै प्रमुख भ्रंशरेखा गुज्रिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal