आज :

अमेरिकाले भारतीय बस्तुमा आजदेखि ५० प्रतिशत कर लगायो,यस्तो छ कारण

  • अनलाइन डबली

काठमाडौं । संयुक्त राज्य अमेरिकाले भारतबाट आयात हुने बस्तुमा आजदेखि ५० प्रतिशत कर लगाएको छ । अमेरिकी सरकारले भारतीय सामान आयातमा २७ अगस्ट बिहान साढे ९ बजेदेखि थप २५ प्रतिशत अतिरिक्त कर लगाउन सुचना जारी गरेको छ । यस अघि अमेरिकाले भारतीय बस्तु आयातमा २५ प्रतिशत कर लगाउँदै आएको थियो ।
अमेरिकाले भारतबाट आयात हुने कपडा, गहना, छाला उत्पादन, मेसिनरी, फर्निचर र सामुद्रिक वस्तुमा थप २५ प्रतिशत शुल्क लगाउँदै कुल ५० प्रतिशत शुल्क असुल्ने घोषणा गरेको छ । औषधि, इस्पात, तामा, एल्युमिनियम र यात्रुवाहक सवारी साधनमा भने यो अतिरिक्त शुल्क लागू हुनेछैन । यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अगस्ट ६ मा जारी कार्यकारी आदेशअनुसार भारतले रुसबाट सस्तोमा पेट्रोलियम पदार्थ खरिद गरिरहेको आरोपमा लिइएको हो ।
भारतीय उद्योगी र निर्यातकर्ताले अमेरिकाको कदमले निर्यातमा ठूलो ह्रास ल्याउने र नाफामा प्रत्यक्ष असर पार्ने बताएका छन् । भारतको वाणिज्य मन्त्रालयले निर्यातकर्तालाई जोगाउन उपाय गर्ने आश्वासन दिएको छ, तर अहिलेसम्म अमेरिकाविरुद्ध प्रतिशोधात्मक कदम उठाएको छैन ।
प्रधानमन्त्री नरेन्द्र मोदीले दबाब सहँदै पनि किसान र साना व्यवसायीलाई हानी हुन नदिने प्रतिबद्धता जनाएका छन् । रिजर्भ बैंकका गर्भनरले शुल्कको समग्र अर्थतन्त्रमा न्यून प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् भने विदेशमन्त्री एस. जयशंकरले ट्रम्पको कदमलाई “अन्यायपूर्ण र अव्यावहारिक” भन्दै कुनै सम्झौता नगर्ने अडान दोहोर्याएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal